कीवर्डहरू -

विपद्बाट हुने जनधनको क्षति न्यून गर्न अत्याधुनिक उपकरणको प्रयोग गरिने

विपद्बाट हुने जनधनको क्षति न्यून गर्न अत्याधुनिक उपकरणको प्रयोग गरिने

सरकारले विपद्बाट हुने जनधनको क्षति न्यून गर्न हेलिकोप्टर, दमकल लगायतका अत्याधुनिक उपकरणको व्यवस्था र उपयोग गर्ने प्रबन्ध मिलाउने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

यस्तै विपद्बाट प्रभावित संरचनाहरूको पुनर्निर्माण तथा बाढी, हावाहुरी, चट्याङलगायत जल तथा मौसमजन्य विपद् व्यवस्थापनको लागि पूर्वसूचना प्रणालीलाई भरपर्दो बनाइने र पर्यटकीय पदमार्गमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणाली विस्तार गरिने बताए ।