कीवर्डहरू -

पढाइलाई करियरसँग जोड्दै टेक्सास कलेज

पढाइलाई करियरसँग जोड्दै टेक्सास कलेज

विगत १ दशकदेखि नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कलेज हो, टेक्सास कलेज । काठमाडौंको सिफल चाबहिलस्थित रहेको कलेजले त्रिभुवन विश्वविद्यालय र मेलिसियाको लिङ्कन विश्वविद्यालयबाट सम्बन्ध लिएर स्नातकोत्तरसम्मका कार्यक्रम सञ्चालन गरिरहेको छ । 

पछिल्लो समय टेक्सास कजेल गुणस्तरीय शिक्षाका लागि भरपर्दो माध्यमको रूपमा परिचित हुँदै गएको छ । टेक्सान नेटवर्कको दायरा समेत फराकिलो हुँदै गएको छ । अहिले टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्कभित्र मन्टेश्वरीदेखि मास्टर्स तहसम्मका कार्यक्रमहरू सञ्चालन भइरहेको टेक्सास इन्टरनेशनल एजुकेसन नेटवर्कका बिजनेस डेभलपमेन्ट निर्देशक नारायण पोखरेलले बताउँछन् ।  

‘टेक्सास संस्थाभित्र हामीले मन्टेस्वरीदेखि मास्टर्स तहसम्मका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं । प्लस टुमा साइन्स, म्यानेजमेन्ट, ह्युम्यानिटिज र पढाइ हुन्छ,’ उनले आईसीटी समाचारसँग भने, ‘ब्याचलर्समा हाम्रा धेरै कार्यक्रमहरू छन् । त्यसमा पनि आईटीतिर हामी बढी ढल्किएका छौं ।’ 

कलेजले त्रिवि अन्तर्गत बीएससी सीएसआईटी, बीसीए, बीबीबीएम, बिएबिएसडब्लु, एमबीएस तथा लिङ्कन विश्वविद्यालय अन्तर्गत बीआईटी, बीसीएस, बीएचएम, बीबीए, एमसीएस, एमबीए एचएम र एमबीए एचआर विषय अध्यापन गराउँदै आएको छ । 

बीएससी सीएसआईटी पढ्न अनिवार्य साइन्स विषय लिएको हुनुपर्नेछ भने बीबीए, बीआईटी, बीसीए पढ्न विज्ञान नपढेकाले पनि पढ्न सक्छन् । बीसीए र बीएससी सीएसआईटी पढ्न त्रिविले लिने प्रवेश परीक्षामा उतीर्ण हुनुपर्ने छ । बीआईटी र बीसीएस कलेजमा आएर भर्ना हुन सकिने छ । 

भर्नाका लागि विद्यार्थीले अनलाइनबाट फाराम भर्न पनि सक्ने छन् । तर कलेजमै गएर सबै कुरा बुझेर भर्ना गर्दा राम्रो हुनेछ । टेक्सास कलेजमा बीएससी सीएस आईटीको शुल्क १० लाख ६० हजार, बीसीएको  ७ लाख ६० हजार, बीआईटी र बीसीएसको ९ लाख ९० हजार रूपैयाँ तोकिएको छ ।

कलेजले सरकारको नियम र प्लस टुमा राम्रो गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति सुविधा प्रदान गर्दै आएको छ । टेक्सास कलेजले दक्ष जनशक्ति विकासमा सधैं जोड दिदै आएको छ । विद्यार्थीलाई पढाइमा मात्रै सिमित नराखेर पढाइलाई जीवन र करियरसँग जोड्न खोजिरहेको छ । 

पढाइलाई जीवनसँग र करियरसँग जोड्न खोजेको पोखरेलले बताए । ‘कक्षामा पढेर मात्रै विद्यार्थी दक्ष हुँदैनन् । सफल हुँदैनन्,’ उनी भन्छन्, ‘त्यसकारण पढाइलाई करियर र जीवनसँग जोड्ने हाम्रो उद्देश्य हो ।’ 

नारायण पोखरेल

विद्यार्थीलाई दक्ष बनाउन टेक्सास कलेजले फस्ट सेमेस्टरदेखि नै प्रोफेसनल कोर्ष पढाउँदै आएको छ । विद्यार्थीले आफ्नो रूची अनुसार प्रोफेसनल कोर्ष छनौट गर्न सक्ने छन् । प्रोफेसनल कोर्षले विद्यार्थीलाई बजारका लागि तयार गर्ने कलेजको दावी छ । 

कलेजसँग आफ्नै इनहाउस कम्पनी समेत छ, जसले विद्यार्थीलाई ‘ट्रेन’ गराउने काम गर्दै आएको छ । यस बाहेक पनि कलेजले अन्य कम्पनीहरूसँग पनि सहकार्य गरेको छ । टेक्सास कलेजमा पढ्ने विद्यार्थी छैटौं सेमेस्टरमा पुग्दा बेरोजगारी विद्यार्थी नभेटिने पोखरेल बताउँछन् । 

‘हामीले विद्यार्थीलाई उद्योगमा आवश्यक पर्ने दक्ष सीपसहित विकास गर्दै गएका छौं । विद्यार्थीलाई पढ्दा पढ्दै करियरसँग जोड्न टेक्सास कलेज सफल भएको छ,’ उनले अगाडि भने । कलेजले पूर्वाधारसहित सरक्युरिटी सिस्टम र नेटवर्क ल्याब, सीएस ल्याब, आईओटी ल्याब, कम्प्युटर ल्याब तयार गरेको छ । टेक्सास कलेजबाट उत्पादन भएका जनशक्तिले देश तथा विदेशका विभिन्न कम्पनीमा काम गरिरहेका छन् । 

कलेजले विद्यार्थीलाई इन्टर्नसीप र रोजगारीका लागि सहजीकरण गर्दै आएको छ । त्यसका लागि कलेजले विभिन्न कम्पनीसँग सहकार्य समेत गरेको छ । विद्यार्थीलाई रोजगारीका दक्ष बनाउन कलेजले नै काम गर्ने उनले बताए । ‘विद्यार्थीलाई बजारमा गएर काम गर्न सक्ने गरी कलेजमै तयार गर्छौं । हामी रोजगारीका लागि सिफारिस गर्दैनौं, जसले गर्दा विद्यार्थीलाई स्वतः पाइहालिने रहेछ भन्ने पनि हुँदैन् र आफैले गरेको हो भन्ने बोध पनि हुन्छ,’ पोखरेल भन्छन्, ‘विद्यार्थीलाई अन्तर्वाताका लागि पठाउँछौं, रोजगारीका लागि होइन । त्यसपछि योग्य हुने काम विद्यार्थीको हो ।’ 

null

यदी विद्यार्थी योग्य नभएमा उक्त विद्यार्थीलाई फेरि कलेजमा ल्याएर आएर ‘योग्य’ बनाउने काम पनि कलेजले गर्दै आएको छ । कलेजले हरेक वर्ष साइन्स एण्ड आईटी एक्सपो गर्दै आएको छ, जहाँ विद्यार्थीले बनाएका परियोजनाहरू प्रदर्शनीमा राखिन्छ । यसले गर्दा विद्यार्थीलाई परियोजना निर्माण प्रक्रिया, सञ्चार, प्रस्तुती लगायतको अनुभव प्राप्त हुने कलेजले जनाएको छ ।

यस बाहेक कलेजले वर्षको २ पटक जब फेयर समेत आयोजना गर्दै आएको छ । जब फेयरका नेपालका विभिन्न कम्पनीहरूको सहभागीता रहने गरेको छ । एकेडेमिक साथसाथै करियर र जीवनमा अगाडि बढ्न तथा पढ्दा पढ्दै स्वाबलम्बी बन्न चाहने विद्यार्थीका लागि टेक्सास कलेज उपयुक्त गन्तव्य हुने पोखरेल बताउँछन् ।