कीवर्डहरू -

इजरायली स्पाइवेयरद्वारा ह्वाट्सएप प्रयोगकर्तामाथि 'जीरो-क्लिक' आक्रमण

इजरायली स्पाइवेयरद्वारा ह्वाट्सएप प्रयोगकर्तामाथि 'जीरो-क्लिक' आक्रमण

इजरायली स्पाइवेयरद्वारा ह्वाट्सएप प्रयोगकर्तामाथि 'जीरो-क्लिक' आक्रमण भएको छ । मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले प्लेटफर्म प्रयोग गर्ने करिब १०० जना पत्रकार र सिभिल सोसाइटीका सदस्यहरूलाई इजरायली साइबर सेक्युरिटी फर्म प्यारागन सोल्युशनद्वारा विकसित स्पाइवेयरले ​​​गरेको बताएको छ । 

द गार्जियनले शुक्रबार आफ्नो रिपोर्टमा  ह्वाट्सएपले प्रभावित प्रयोगकर्ताहरूलाई सूचना दिइसकेको छ र ’उच्च विश्वास’का साथ केही डिभाइसहरू आक्रमणबाट प्रभावित भएको जनाएको छ ।

ह्याकिङको पछाडि कुन संस्था छ भन्ने कुरा हालसम्म स्पष्ट भएको छैन् । प्यारागन सोल्युशन, अन्य स्पाइवेयर कम्पनीहरूको जस्तै, आफ्नो प्रविधि सरकारी ग्राहकहरूलाई बेच्ने गर्छ, तर ह्वाट्सएपले यो विशेष आक्रमणका लागि कुन सरकार वा एजेन्सी जिम्मेवार थियो भनेर खुलासा गरेको छैन् ।

सुरक्षा विज्ञहरूले यो एक ’जीरो–क्लिक’ आक्रमण भएको उल्लेख गरेका छन्, जसको अर्थ हो कि पीडितहरूले आफ्नो फोन संक्रमित गर्न कुनै लिंकमा क्लिक गर्न आवश्यक पर्दैन् । ह्वाट्सएपले लक्षित व्यक्तिहरूको स्थानको खुलासा गरेको छैन् ।

प्यारागन सोल्युशनलाई यूएस इमिग्रेशन एन्ड कस्टम्स इनफोर्समेन्ट (आईसिई) सँग २ मिलियन डलरको सम्झौताका लागि जाँच गरिएको छ । वायर्डका अनुसार, सम्झौतामा रोक लगाइएको थियो ताकि यो सुनिश्चित गर्न सकियोस् कि बाइडेन प्रशासनका नियमहरूको पालना भइरहेको छ, जसले स्पाइवेयर प्रयोगलाई प्रतिबन्धित गर्छ ।

ह्वाट्सएपले पैरागनलाई कानूनी नोटिस पठाएको छ जसमा उक्त आक्रमणहरू बन्द गर्न माग गरिएको छ । साथै, कम्पनीले डिसेम्बरमा स्पाइवेयरलाई ब्लक गरेको भए पनि प्रयोगकर्ताहरू कति समयसम्म जोखिममा थिए भन्ने कुरा स्पष्ट छैन् ।

प्यारागनले आरोपहरूमा कुनै टिप्पणी गरेको छैन, तर रिपोर्टमा कम्पनीको एक नजिकको स्रोतलाई उद्धृत गर्दै भनिएको छ कि उसले केवल लोकतान्त्रिक सरकारहरूसँग सहकार्य गर्छ र ग्रीस, पोल्याण्ड, हंगेरी र मेक्सिको जस्ता स्पाइवेयरको दुरुपयोग गर्ने इतिहास भएका देशहरूलाई प्रविधि बेच्दैन् ।

प्यारागनको स्पाइवेयरको नाम ग्रेफाइट हो । यो पेगाससको जस्तै छ, जुन एनएसओ ग्रुपले विकास गरेको कुख्यात ह्याकिङ टुल हो । एक पटक स्थापना भएपछि, ग्रेफाइटले लक्ष्यबद्ध फोनको सम्पूर्ण डेटा एक्सेस गर्न सक्छ, जसमा ह्वाट्सएप र सिग्नलमा रहेका एन्क्रिप्टेड सन्देशहरू समेत समेटिन्छन् ।

प्यारागनको स्थापना इजरायली पूर्व प्रधानमन्त्री एहुद बराकले गरेका थिए र हालै यसलाई ९०० मिलियन डलरमा यूएस प्राइभेट इक्विटी फर्म एई एन्डस्ट्रियल पाटर्नसलाई बिक्री गरिएको थियो, यद्यपि बिक्रीलाई अझै इजरायली नियामकहरूबाट स्वीकृति दिन बाँकी छ ।

ह्वाट्सएपले शंका गरेको छ कि प्यारागनको स्पाइवेयर समूह च्याटमा प्रयोगकर्ताहरूलाई पठाइएका हानिकारक पिडिएफ फाइलहरू मार्फत फैलिएको हो । कम्पनीले टोरन्टो विश्वविद्यालयको सिटीजन ल्याबका अनुसन्धानकर्ताहरूसँग मिलेर उक्त आक्रमणको अनुसन्धान गरिरहेको छ ।

यो घटना एनएसओ ग्रुपविरुद्ध ह्वाट्सएपको जारी कानूनी लडाइपछि भएको हो, जसमा हालै एक अमेरिकी न्यायाधीशले फैसला गरेका थिए कि एनएसओले २०१९ मा १४०० ह्वाट्सएप प्रयोगकर्ताहरूलाई ह्याक गरेको थियो र यो अमेरिकी ह्याकिङ कानूनहरू तथा ह्वाट्सएपका नियमहरूको उल्लङ्घन हो ।