कीवर्डहरू -

महिला कामदारलाई पदोन्नतिको अवसर नदिने एक्टिभिजन ब्लिजार्डले ५० मिलियन डलर जरिवाना

महिला कामदारलाई पदोन्नतिको अवसर नदिने एक्टिभिजन ब्लिजार्डले ५० मिलियन डलर जरिवाना

महिला कामदारलाई पदोन्नतिको अवसर नदिने एक्टिभिजन ब्लिजार्डले ५० मिलियन डलर जरिवाना तिर्ने भएको छ । भिडियो गेम निर्माता एक्टिभिजन ब्लिजार्डले महिला कामदारहरूलाई पदोन्नतिको अवसर नदिने र पुरुषभन्दा कम पारिश्रमिक दिने जस्ता भेदभाव गरेकाले कम्पनीलाई ५० मिलियन अमेरिकी डलर जरिवाना तिराइएको हो । 

क्यालिफोर्नियाको नियामक नागरिक अधिकार विभाग (सीआरडी) ले भिडियो गेम निर्माता एक्टिभिजन ब्लिजार्डविरूद्ध महिला कामदारहरूलाई पदोन्नतिको अवसर नदिने र पुरुषभन्दा कम पारिश्रमिक दिने जस्ता भेदभाव गरेको भन्दै मुद्दा दायर गरेको थियो । 

दुई वर्षको अनुसन्धानपछि सीआरडीले दायर मुद्दा दायर गरेको थियो । यसमा यौन उत्पीडन विषय समेत समावेश थियो । तर अब सीआरडी र कम्पनीबीच मुद्दा फिर्ता लिने सम्झौता भएको छ ।

सम्झौता अनुसार, सीआरडीले प्रणालीगत यौन दुर्व्यवहारको मुद्दा फिर्ता लिनेछ भने एक्टिभिजन ब्लिजार्ड जरिवाना तिर्नेछ ।