कीवर्डहरू -

एप्पललाई ०.३ प्रतिशतले पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी

एप्पललाई ०.३ प्रतिशतले पछि पार्दै माइक्रोसफ्ट बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी

माइक्रोसफ्टले एप्पलबाट विश्वको सबैभन्दा मूल्यवान कम्पनीको उपाधि खोसेको छ । अहिले माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।

मिडिया रिपोर्टका अनुसार माइक्रोसफ्टको शेयर १.५ प्रतिशतले बढेर कम्पनीको बजार मूल्य २.८८८ ट्रिलियन डलर पुगेको छ । कम्पनीले बिहीबार यो सफलता हासिल गरेको हो । तर, एप्पलको मूल्य माइक्रोसफ्टभन्दा ०.३ प्रतिशत मात्र कम छ । बजारमा एप्पलको मूल्य २.८८७ ट्रिलियन डलर पुगेको छ । सन् २०२१ पछि यो पहिलो पटक हो, जब माइक्रोसफ्टले एप्पललाई हराएको हो ।


विज्ञहरूका अनुसार एप्पलको पतनको कारण सन् २०२४ मा आइफोनको कमजोर लन्चिङ थियो । तर, एप्पल माइक्रोसफ्टभन्दा ०.३ प्रतिशत मात्र पछाडी रहेकाले माइक्रोसफ्टका लागि विश्वकै मूल्यवान कम्पनीको उपाधि जित्नु ठूलो चुनौती हुनेछ । एप्पलले अब आफ्नो स्थिति पुनः प्राप्त गर्न कडा मेहनत गर्नेछ ।