कीवर्डहरू -

ग्रेटवाल मोटर्सको विन्टर अफर, विद्युतीय गाडी खरिद गर्दा ३ लाखसम्मको फाइदा

ग्रेटवाल मोटर्सको विन्टर अफर, विद्युतीय गाडी खरिद गर्दा ३ लाखसम्मको फाइदा

नेपालमा ग्रेटवाल मोटर्स जीडब्लूएम सवारी साधनहरूको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले लक्जरी, सेभिङ साथै अन्य फाइदाहरूसहित विन्टर अफर सञ्चालनमा ल्याएको छ । 

यो अफरमार्फत विद्युतीय सवारीसाधन खरिद गर्न चाहनले जीडब्लूएमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा ३ लाख रुपैयाँसम्मको फाइदाहरू छन् । 

९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो-मोर्डनिस्टिक ओरा ०३ ईभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएको ड्राइभिङ अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ। 

यस्तै जीडब्लूएमको गियर अप फर ग्रेट डिल्स अफरको साथ ग्राहकहरूले जीडब्लूएमका प्रिमियम एसयूभीहरुमा आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, फ्री एक्सेसरिज र निःशुल्क व्यापक बीमासहित धेरै सुविधाहरूको आनन्द लिन सक्नेछन् ।

यो विशिष्ट प्याकेजले ग्राहकहरूलाई आकर्षित गर्नुका साथै पर्याप्त बचत र अतिरिक्त सुविधाहरूको मजा लिन सक्नेछन् । चाहे प्रिमियम एसयूभी होस् वा विद्युतीय सवारी होस् जीडब्लूएमसँग प्राथमिकता र जीवनशैली अनुरूप विभिन्न विकल्पहरू रहेका छन्।

कम्पनी ग्राहकहरूलाई उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्न प्रतिबद्ध छ, र यो अफरहरु त्यस प्रतिबद्धताको प्रमाण हो। लक्जरी ड्राइभ र गियर अप फर ग्रेट डिल्स यस सिजनमा ग्राहकहरूलाई आनन्द र उत्साह प्रदान गर्न विशेष रुपमा तयार पारिएको छ।

जीडब्लूएम नेपालले हाभल एच सिक्स, हाभल जोलायन, ओरा ०३ ईभी पावर र विंगल ५ जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमा आफ्नो उपस्थितिलाई स्थापित गरेको छ। जीडब्लूएम-नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ।