कीवर्डहरू -

एक दशकदेखि ‘ब्रिटिश डिग्री’ प्रदान गर्दै आएको द ब्रिटिश कलेज, के के छन् सुविधा ?

एक दशकदेखि ‘ब्रिटिश डिग्री’ प्रदान गर्दै आएको द ब्रिटिश कलेज, के के छन् सुविधा ?

काठमाडौंको थापाथलीस्थित रहेको द ब्रिटिस कलेज सन् २०११ मा स्थापना भएको हो । विगत १ दशकदेखि ब्रिटिस कलेजले नेपालमा गुणस्तरीय ब्रिटिस डिग्री प्रदान गर्दै आएको छ । 

बेलायतका उत्कृष्ट विश्वविद्यालय दुई युनिभर्सिटी अफ वेस्ट इङ्गल्याण्ड र लिड्स बकेट विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर कलेजले स्नातक (ब्याचलर्स) मा कम्प्युटिङ, डेटा साइन्स, एआई, साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक तथा स्नातकोत्तर (मास्टर्स) मा एमसीसी इन्फर्मेसन एण्ड टेक्नोलोजी र एड्भान्स कम्प्युटर साइन्स आईटी कोर्ष अध्यापन गराउँदै आएको छ । 

ब्रिटिश कलेजले आईटी बाहेक बीबीए, बीएचएम र एमबीए कोर्ष पनि पढाउँदै आएको छ । नेपालमा ब्रिटिश शिक्षाको पहिलो कलेज भनेको ब्रिटिश कलेज हो । ब्रिटिश एक्रिडेसन काउन्सिलबाट मान्यता पाउने यो नेपालको एकमात्र कलेज समेत हो । 

ब्रिटिश कलेजमा पढाइ हुने बेलायती डिग्री महंगो होला भन्ने धेरैलाई लागेको हुन्छ । तर शुल्क सुलभ नै भएको कलेजको दावी छ । ब्रिटिश कलेजले किफायति शुल्कमै गुणस्तरीय ब्रिटिश शिक्षा प्रदान गरिरहेको कलेजको स्कुल अफ कम्प्युटिङका प्रमुख रोहित राज पाण्डेले बताए । 

‘ब्रिटिस कलेज नाम सुन्ने बित्तिकै महंगो होला भनेर सोच्छौं । तर होइन । यहाँको शुल्क एफोर्डेबल छ,’ पाण्डेले आईसीटी समाचारसँग भने, ‘सबै वर्गहरूलाई लक्षित गरेर शुल्क तोकेका छौं । प्रत्येक वर्ष हामीले छात्रवृत्ति पनि प्रदान गरिरहेका हुन्छौं ।’ 

ब्रिटिश कलेजले सरकारको नियम अनुसार छात्रवृत्ति प्रदान गरिरहेको छ । त्यसबाहेक प्लस टुमा राम्रो अंक ल्याउने र कक्षामा राम्रो प्रदर्शन गर्ने विद्यार्थीलाई समेत छात्रवृत्तिको व्यवस्था गरेको छ । 
कक्षा १२, ए लेभल र डिप्लोमा उत्तीर्ण विद्यार्थीहरू ब्रिटिश कलेजमा भर्ना हुन सक्नेछन् । भर्नाका लागि विद्यार्थीहरूले आफ्नो सबै डकुमेन्टसहित कलेजमा सम्पर्क गर्नुपर्नेछ । 

त्यसपछि कलेजले विद्यार्थीको सबै डकुमेन्टहरू बेलायतको विश्वविद्यालयमा पठाउने छ । डकुमेन्ट अध्ययन गरेर विश्वविद्यालयले भर्ना गर्न अनुमति दिएपछि ब्रिटिश कलेजले विद्यार्थी भर्ना गर्नेछ । 
कलेजमा पढाइ हुने कोर्षको बारेमा वेबसाइटबाटै बुझ्न सक्ने र भर्ना प्रक्रियाका लागि कलेजमै आउनु पर्ने पाण्डेको भनाइ छ ।

null

वेब, मेसिन लर्निङ, डेटा बेस, एप, नेटवर्किङ लगायका सबै कन्सेप्ट बुझ्न चाहने विद्यार्थीले कम्प्युटिङ कोर्ष छनौट गर्न सक्ने छन् भने स्पेस्लाइज्ड गर्न चाहनेले एआई, डेटा साइन्स र साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक कोर्ष छनौट गर्न सक्ने छन् । 

ब्रिटिश कलेजले वर्षको २ पटक सेप्टेम्बर र जनवरी इन्टेकमा भर्ना लिने गर्दछ भने एउटा कक्षामा बढीमा ३० देखि ३५ जना विद्यार्थी राख्ने गरेको छ । विदेशी डिग्री हासिल गर्न विद्यार्थीहरू ब्रिटश कलेज आउन सक्ने उनको भनाइ छ । ‘विद्यार्थीलाई विदेशी डिग्री पढ्न मन छ तर विदेश जान सकिरहेको छैन् भने त्यस्तालाई ब्रिटिश कलेज उपयोगी हुन्छ,’ उनले भने, ‘हामी बजारको आवश्यकता अनुसार कोर्षहरू प्रदान गर्छौं । विश्वविद्यालयले त्यसैअनुसार समय समयमा पाठ्यक्रम परिमार्जन गरिरहेको हुन्छ ।’ 

ब्रिटिश कलेजमा पढ्ने विद्यार्थीलाई क्रेडिट ट्रान्सफरको सुविधा समेत रहेको छ । ३ वर्ष नेपालमा पढेर बाँकी २ वर्ष विदेशमा गएर पढ्न सक्छन् । स्वतः विश्वविद्यालयमै वा क्यानडा, अष्ट्रेलिया, अमेरिकामा गएर बाँकी २ वर्ष अध्ययन गर्न सकिने व्यवस्था कलेजले गरेको छ । 

‘लर्न विथ फन’को सिद्धान्तमा अध्ययन गराउने कलेजले विद्यार्थीको सीप विकासमा जोड दिएको पाण्डे बताउँछन् । उनी अगाडि भन्छन्, ‘विद्यार्थीलाई बजारका लागि योग्य बनाउन सीप विकासमा ध्यान दिएका छौं । उद्योगमा काम गरेका व्यक्तिबाट ननक्रेडिट कोर्ष पढाउँछौं ।’

null

ब्रिटिश कलेजले विद्यार्थी एक्सचेन्ज कार्यक्रम समेत गर्दै आएको छ । यस बाहेक विद्यार्थीहरू मालदिभ्स, भियतनाम वा थाइल्याण्डमा गएर पुरै सेमेस्टर अनुभव आदान प्रदान गर्न पाउने छन् ।
साथै कलेजले विद्यार्थीहरूलाई विदेशी उद्योगको भ्रमणम समेत लैजाने गरेको छ । 

कलेजमा पढेका ८० प्रतिशत विद्यार्थी ग्राजुएट भएको ६ महिनाभित्रमा रोजगारी पाउने कलजेको दावी छ । इन्टर्नसीप र प्लेसमेन्टको व्यवस्था कलेजको गर्दै आएको छ । ब्रिटिश कलेजमा पढ्ने विद्यार्थीलाई बेलायतमा काम गर्न वा पढ्का २ वर्षको पोष्ट स्टडी वर्क भिसाका लागि कलेजले सहयोग गर्नेछ । 

कलेजमा आईओटी, भीआर, कम्प्युटर, साइबर सेक्युरिटी, फरेन्सिक ल्याब समेत बनाइएको छ, जहाँ विद्यार्थीले आफुले पढेको कुरा प्रोजेक्टमा उतारेर आफ्नो सिकाइलाई अझै रोमाञ्चक बनाउन सक्ने छन् ।

साथै विद्यार्थीमा उद्यमी सोच विकास गर्न कलेजमा इन्क्युबेसन समेत स्थापना गरिएको छ । इन्क्युबेसन सेन्टरबाट विद्यार्थीलाई तालिम, मेन्टरसीप र लगानीको सुविधा उपलब्ध हुनेछ । 
ब्रिटिश कलेजले प्रत्येक वर्ष आईडिया कम्पिटिशन पनि गर्दै आएको छ । प्रतियोगितामा आफ्नो आईडिया प्रस्तुत गरेर विद्यार्थीले बिउ पुँजी सुरक्षित गर्न सक्नेछन् ।