कीवर्डहरू -

सुरक्षित इन्टरनेट दिवस २०२५ मनाउन नेपाल दूरसञ्चार प्राधिकरणद्वारा भिडियो सामग्री संकलन

सुरक्षित इन्टरनेट दिवस २०२५ मनाउन नेपाल दूरसञ्चार प्राधिकरणद्वारा भिडियो सामग्री संकलन

नेपाल दूरसञ्चार प्राधिकरणले "सुरक्षित इन्टरनेट, सबैका लागि, सधैंका लागि" भन्ने नाराका साथ आगामी सुरक्षित इन्टरनेट दिवस, २०२५ मनाउने घोषणा गरेको छ। यस अवसरमा प्राधिकरणले नेपालमा अनलाइन सुरक्षा, साइबर सुरक्षा तथा बाल अनलाइन संरक्षणसँग सम्बन्धित पहलहरूको समग्र प्रस्तुति गर्न भिडियो सामग्री संकलन गर्न लागेको जानकारी गराएको छ।

प्राधिकरणले नेपालभरका सरोकारवाला संघसंस्था तथा व्यक्तिहरूलाई २०८१ माघ २६ गतेभित्र अनलाइन सुरक्षा प्रवर्द्धनका लागि भएका सिपमूलक तथा सचेतनामूलक गतिविधिहरू समेटेर दुई मिनेटसम्मका भिडियोहरू पठाउन अनुरोध गरेको छ।

भिडियो सामग्रीको मापदण्डअन्तर्गत बाल अनलाइन संरक्षण, अनलाइन सुरक्षा, साइबर सुरक्षा तथा इन्टरनेट सुरक्षाजस्ता विषयवस्तु समेटिनुपर्नेछ। भिडियोको समय अवधि अधिकतम दुई मिनेटसम्म सीमित हुनुपर्नेछ भने फर्म्याट MP4, AVI वा अन्य उच्च गुणस्तरयुक्त डिजिटल प्रारूपमा हुनुपर्नेछ। भाषा नेपाली वा अंग्रेजीमध्ये कुनै एक प्रयोग गर्न सकिनेछ।

भिडियोहरू [email protected] वा [email protected] मा पठाउन सकिनेछ।

नेपाल दूरसञ्चार प्राधिकरणले यस पहलले अनलाइन सुरक्षासम्बन्धी जनचेतना र प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ। प्राधिकरणले बालबालिकाको अनलाइन सुरक्षा तथा साइबर अपराध न्यूनीकरणका लागि यसलाई महत्वपूर्ण कदमका रूपमा लिएको बताएको छ।