गुगल म्याप केवल एउटा नक्सा देखाउने प्रणाली मात्रै होइन, यो एउटा पावरफुल टूल हो जसले तपाईंको यात्रालाई सजिलो र रमाइलो बनाउँछ । चाहे तपाईं नयाँ शहरमा हुनुहोस् वा आफ्नै शहरमा घुमिरहनु भएको छ, गुगल म्याप्समा धेरै यस्ता फिचरहरू छन् जुन तपाईंलाई मद्दत गर्न सक्छन् । गुगल म्याप्स गुगलको इन–हाउस एप हो जुन फोनमा पहिल्यै इन्स्टल गरिएको हुन्छ ।
आज हामी तपाईंलाई गुगलका केही उत्कृष्ट फिचरहरूबारे बताउँछौं, जसबारे तपाईंलाई पक्का थाहा हुनुपर्छ । यी फिचरहरूले तपाईंलाई मद्दत पु¥याउँछन् । गुगल म्यापको सबैभन्दा लोकप्रिय फिचर भनेको तपाईं एपमा आफ्नो स्टार्टिङ पोइन्ट र डेस्टिनेसन पोइन्ट मात्र राख्नुहोस्, र गुगल म्याप्सले तपाईंलाई त्यहाँ पुग्ने सबैभन्दा छिटो र सजिलो बाटो देखाउनेछ ।
पब्लिक ट्रान्सपोर्ट
यदि तपाईं बस, वा क्याबबाट यात्रा गर्न चाहनुहुन्छ भने, गुगल म्याप्सले तपाईंलाई पब्लिक ट्रान्सपोर्टका विकल्पहरू पनि देखाउनेछ । यदि तपाईं पैदल जान चाहनुहुन्छ भने पनि, गुगल म्याप्सले तपाईंलाई पैदल मार्ग पनि देखाउनेछ ।
ट्राफिक
गुगल म्यापले तपाईंलाई रियल टाइममा ट्राफिकको अपडेट देखाउँछ ताकि तपाईं जामबाट बच्न सक्नुहोस् । कुनै बाटोमा जाम छ भने, गुगल म्यापले तपाईंलाई यसबारे पहिले नै जानकारी दिन्छ ताकि तपाईंको समय बचाउन सकियोस् ।
स्ट्रिट भ्यू
गुगल स्ट्रिट भ्यूको मद्दतले तपाईं कुनै पनि ठाउँको ३६०–डिग्री भ्यू हेर्न सक्नुहुन्छ । यसले तपाईंलाई त्यस ठाउँबारे जान्न मद्दत गर्दछ । साथै, तपाईंलाई इमर्सिभ भ्यूको सुविधा पनि उपलब्ध हुन्छ । यो एउटा नयाँ फिचर हो जसले तपाईंलाई कुनै पनि स्थानको थ्रीडी मोडल हेर्न दिन्छ ।
अफलाइन म्याप्स
तपाईं गुगल म्यापलाई अफलाइन डाउनलोड गर्न सक्नुहुन्छ ताकि इन्टरनेट कनेक्शन बिना पनि यसको प्रयोग गर्न सक्नुहुन्छ । गुगल म्यापमा तपाईले वरपरका रेस्टुरेन्ट, क्याफे, र बार पनि खोज्न सक्नुहुन्छ । यदि तपाईं गाडीमा यात्रा गरिरहनु भएको छ भने, तपाईं गुगल म्याप्समा पेट्रोल पम्पको जानकारी पनि प्राप्त गर्न सक्नुहुन्छ ।