कीवर्डहरू -

सरकारले सूचना प्रविधि वर्कस्टेशन सञ्चालन गर्ने, कम्तिमा ५ हजारलाई रोजगारी दिने

सरकारले सूचना प्रविधि वर्कस्टेशन सञ्चालन गर्ने, कम्तिमा ५ हजारलाई रोजगारी दिने

सरकारले सूचना प्रविधि वर्कस्टेशन सञ्चालन गर्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्कस्टेशन सञ्चालन गरी कम्तिमा ५ हजार रोजगारी सिर्जना गरिने उनले जानकारी दिए । 

यस्तै अन्तशुल्क, स्टिकर, हुलाक टिकट, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता सुरक्षण मुद्रण स्वदेशमै हुने प्रबन्ध मिलाइने समेत घोषणा गरे ।