कीवर्डहरू -

हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न

द हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसले अभिमुखीकरण (अरियेन्टेसन) कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रम मंसिर २४ गते कलेजको पुस्तकालय हलमा भएको थियो ।

कार्यक्रममा मुख्य अतिथिको रूपमा प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका अध्यक्ष सन्तोस चालिसेको उपस्थिति थियो । यो बाहेक कार्यक्रममा प्रा.डा इन्द्रप्रसाद आचार्य, एफएसयुका अध्यक्ष विराज अर्याल, अरुण तिमिल्सिना र राष्ट्रिय वित्त समितिका अध्यक्ष सन्तोष चालिसे, लक्ष्मी बैंकको ह्युमन रिसोर्स डोमेनका प्रा.सास्वत कार्की रहेका थिए ।

कार्यक्रममा अतिथिहरूको आ-आफ्नो मन्त्व्य दिदै सबैलाई प्रेरणा र शुभकामना दिएका थिए । यस वर्ष हल्ट प्राइजको थिम ‘अनलिमिटेड ’ अर्थात असिमित रहेको छ । 

समाजलाई दिगो विकासतर्फ लम्काउने अथाह सम्भावना र असिमित उपायहरू भएको भन्दै यस वर्षको थिम अनलिमिटेड छनौट गरिएको हो । कार्यक्रममा यसभन्दा अगाडिका सहभागीले अनुभव शेयर गरेका थिए ।