कीवर्डहरू -

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर

सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर

सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गर्ने सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जना  भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको ठहर गर्दै उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख विगो भराउने र त्यति नै बराबरको जरिवान हुने फैसला गरेको हो । 

सो प्रकरणमा मुछिएका नविनकुमार पौडेलमाथि ६ महिना कैद र ५ करोड ८४ लाख विगो अनि त्यति नै रकम जरिवानाको फैसला भएको छ ।

साथै अदालतले रोहितमान प्रधानलाई ५ करोड ८४ लाख र भुवन महर्जनलाई ५ करोड ७९ लाख रुपैयाँ जरिवाना गराएको छ ।

आरोपमा मुछिएका रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय र मित्रलाल पुरीले भने सफाइ पाएका छन् । 

गत वर्ष वैशाखमा विकल पौडेलसहित विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।