कीवर्डहरू -

सामसङले ल्यायो एआई फिचर भएको ल्यापटप

सामसङले ल्यायो एआई फिचर भएको ल्यापटप

सामसङले नयाँ ल्यापटप सार्वजनिक गरेको छ । एआई सुविधाहरूसहित सामसङले ग्यालेक्सी बुक फोर प्रो र ग्यालेक्सी बुक ४ प्रो ३६० सार्वजनिक गरेको हो । 

यो ल्यापटपको बडी मेटलबाट बनेको छ । यसमा इन्टेलबाट शक्तिशाली प्रोसेसर उपलब्ध गराइएको छ, जसले प्रयोगकर्तालाई यो ल्यापटपमा भारी लोडको काम सजिलै गर्न मद्दत गर्नेछ ।

 एआई फिचरहरू पनि समावेश गरिएको छ । कम्पनीले यस ल्यापटपमा फोटो रिमास्टर टुल नामक नयाँ फिचर दिएको छ, जसले एआई टेक्नोलोजीको सहयोगमा कम गुणस्तरका फोटोहरूलाई पनि उच्च गुणस्तर अर्थात् राम्रो गुणस्तरको फोटोमा रूपान्तरण गर्न सक्छ ।

यस प्रविधिको माध्यमबाट इमेजबाट अनावश्यक प्रकाश वा छाया पनि हटाउन सकिन्छ । यस ल्यापटपमा ग्यालेक्सी भिडियो सम्पादक प्रदान गरिएको छ ।

यस ल्यापटपमा ब्लुटुथ, वाईफाई र आरजे ४५ ल्यान पोर्ट उपलब्ध गराइएको छ । यसबाहेक यसको साउन्ड सिस्टम पनि राम्रो छ । प्रयोगकर्ताहरूले यसमा स्टेरियो स्पिकरहरूसँगै डल्बी एटमसको समर्थन प्राप्त गर्नेछन् । यस बाहेक यसमा वेबक्यामको सुविधा पनि उपलब्ध छ । 

ल्यापटपमा १५.५ इन्चको फुल एचडी डिस्प्ले छ । ८ जीबी सम्म र्याम र ५१२ जीबी स्टोरेज सुविधा भएको यसको स्टोरेज १ टिबीसम्म बढाउन सकिने छ । 

यस ल्यापटपमा विन्डोज अपरेटिङ सिस्टम राखिएको छ । ल्यापटपको सुरूवाती मूल्य १९०० अमेरिकी डलरबाट सुरु हुनेछ ।