कीवर्डहरू -

घरमा स्मार्टफोनको नेटवर्कले काम गर्दैन् ? यी टिप्स प्रयोग गर्नुहोस्

घरमा स्मार्टफोनको नेटवर्कले काम गर्दैन् ? यी टिप्स प्रयोग गर्नुहोस्

आजको समयमा स्मार्टफोन बिना कुनै पनि काम गर्न कति गार्‍हो हुन्छ भन्ने कुरा तपाईलाई थाहा नै छ । टिकट बुक गर्नेदेखि शपिङ, अफिसको कामसम्म फोनबाटै हुन थालेको छ ।

तर यदी फोनमा नेटवर्क नै छैन भने तपाई यी सबै काम गर्न सक्नुहुन्छ ? पक्कै पनि सक्नुहुन्न् ।

घर बाहिर फोनमा राम्रो नेटवर्क आउने र घरभित्र नेटवर्कले राम्रोसँग काम नगर्ने धेरैको गुनासो हुन्छ । तपाईहरू पनि घरभित्र फोनको नेटवर्कले काम नगर्ने समस्याबाट ग्रसित हुनुहुन्छ भने समाधानका लागि आज हामी केही टिप्स दिदैछौं ।  

पहिलो काम

घरमा प्रवेश गर्नासाथ फोनको नेटवर्क हराउँछ भने एक पटक फोनलाई फलाईट मोडमा राख्नुहोस् र केही समयपछि फ्लाइट मोडलाई हटाउनुहोस् । साथै फोनको सेटिंगमा गई नेटवर्क रिसेट गर्नुहोस् । धेरै पटक यस्तो गर्दा समस्या समाधान हुन्छ ।

झ्याल र ढोका खोल्नुहोस्

यदि घरमा छिर्नासाथ फोनको नेटवर्क हराउँछ भने घरका सबै झ्याल र ढोकाहरू खोल्नुहोस् । वास्तवमा, धेरै पटक घर बनाउँदा प्रयोग गरिने सामग्री जस्तै– कङ्क्रिट, फलाम र मेटल आदि मोबाइल नेटवर्कलाई रोक्छन् । यसकारण घरमा राम्रोसँग नेटवर्क आउँदैन् ।

वाई–फाई कलिंगको सहारा लिनुहोस्

फोनलाई घरमा लैजानासाथ टावर हराउँछ भने तपाइँ वाई–फाई कलिंगको सहारा लिन सक्नुहुन्छ । तथापि, यसका लागि फोनमा वाई–फाई कलिंगको समर्थन हुनु आवश्यक छ ।

सिग्नल बूस्टरको प्रयोग गर्नुहोस्

यदि घरमा छिर्नासाथ फोनबाट नेटवर्क हराउँछ भने सिग्नल बूस्टरको प्रयोग गर्न सक्नुहुन्छ । यो एक प्रकारको डिभाइस हो, जसले कमजोर सिग्नललाई समातेर यसलाई बलियो बनाउँछ । तथापि, राम्रो सिग्नल प्राप्त गर्न सिग्नल बूस्टरलाई सही स्थानमा सेट गर्नु भने पर्छ । 

सेवा प्रदायकसँग सम्पर्क गर्नुहोस्

घरमा छिर्नासाथ फोनबाट नेटवर्क हराउँछ भने कहिलेकाहीँ यो समस्या सिम कम्पनीको कारण पनि हुन सक्छ । यस्तो अवस्थामा सिम कम्पनीसँग सम्पर्क गर्नुहोस् र आफ्नो समस्याको जानकारी विस्तारमा दिनुहोस् । जसले समाधान दिन सक्छन्।