कीवर्डहरू -

ह्वाट्सएपको नयाँ फिचर 'मेटा एआई': अब च्याटिङ अझ स्मार्ट र सजिलो

ह्वाट्सएपको नयाँ फिचर 'मेटा एआई': अब च्याटिङ अझ स्मार्ट र सजिलो

ह्वाट्सएप आफ्ना प्रयोगकर्ताहरूलाई अझ राम्रो अनुभव दिनका लागि निरन्तर नयाँ–नयाँ फिचरहरू प्रस्तुत गर्दै आइरहेको छ । हालै, कम्पनीले 'मेटा एआई' नामक नयाँ र विशेष फिचर ल्याएको छ, जसले प्रयोगकर्ताहरूको च्याटिङ गर्ने तरिका नै परिवर्तन गरिरहेको छ ।

यो फिचर ह्वाट्सएपको होम स्क्रिनमा तलको दायाँ कुनामा रहेको नीलो रिङ  को रूपमा देखिन्छ । यसमा क्लिक गरेपछि तपाईं मेटा एआईसँग च्याट सुरु गर्न सक्नुहुन्छ ।

मेटा एआई एक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित च्याटबोट हो, जसले प्रयोगकर्ताहरूलाई प्रश्नहरूको उत्तर दिन, जानकारी प्रदान गर्न, र कुराकानी गर्न मद्दत गर्छ । यो निकै सरल र उपयोगी फिचर हो, जसले टाइपिङ वा भ्वाइस कमान्डको माध्यमबाट प्रयोगकर्ताहरूका आवश्यकताहरू तुरुन्तै पूरा गर्न सक्षम बनाउँछ ।

मेटा एआईले के–के गर्न सक्छ ?

  • लेटेस्ट फिल्महरू र गीतहरूबारे जानकारी दिन्छ ।
  • तपाईंको नजिकका रेस्टुरेन्टहरू र घुम्नका ठाउँहरूबारे जानकारी दिन्छ ।
  • कुनै पनि विषयमा शैक्षिक र सामान्य ज्ञान सम्बन्धी जानकारी प्रदान गर्न सक्छ ।

मेटा एआई कसरी प्रयोग गर्ने ?

ह्वाट्सएपको होम स्क्रिनमा देखिने नीलो रिंगमा क्लिक गर्नुहोस् । यसपछि च्याट सुरु गर्नुहोस् र आफ्नो प्रश्न टाइप वा भोकल कमान्डद्वारा सोध्नुहोस् । मेटा एआईले तुरुन्तै तपाईंको प्रश्नको उत्तर दिनेछ ।

यो फिचर न केवल च्याटिङलाई रमाइलो बनाउँछ, तर प्रयोगकर्ताहरूको समय पनि बचाउँछ । यदि तपाईंलाई कुनै विषयमा तत्काल जानकारी चाहिन्छ भने मेटा एआई तपाईंको सहयोग गर्न तयार हुन्छ ।

यो फिचर किन उपयोगी छ?

यो फिचर विशेषगरी तिनीहरूको लागि उपयोगी छ, जो दैनिक जीवनका कामहरूका लागि सटीक र छिटो जानकारी खोजिरहेका हुन्छन् ।

यसले प्रविधिलाई अझ अन्तरक्रियात्मक र प्रयोग गर्न सजिलो बनाउँछ । यदि तपाईंले अझैसम्म मेटा एआईको प्रयोग गर्नुभएको छैन भने आजै प्रयास गर्नुहोस् र ह्वाट्सएपको यस नयाँ र उन्नत च्याटिङ अनुभवको मजा लिनुहोस् ।