कीवर्डहरू -

आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने

आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने

सरकारले आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने घोषणा गर्ने भएको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारका रूपमा लिइ सामाजिक आर्थिक रूपान्तरण एवं सम्वृद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने उनको भनाइ छ । 

सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गरिने छ ।