कीवर्डहरू -

इसेवाबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा दुबई घुम्ने मौका

इसेवाबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा दुबई घुम्ने मौका

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ ।  जसमा एक भाग्यशाली विजेताले बम्परमा दुबई घुम्ने मौका पाउनेछन् भने अन्य थुप्रै उपहारहरु पनि जित्न सक्नेछन् । 

जेष्ठ २० देखि आसार ३१ सम्म चल्ने यो अफरमा इसेवासँग आवद्ध रहेका १२ वटा बीमा कम्पनीहरुमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरुले हरेक हप्ता आकर्षक उपहारहरु पाउनेछन्।

हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौँमा १ दिन २ रातको लागि Staycation Package पाउनेछन भने ५ भाग्यशाली विजेताले इसेवा केयर प्राप्त गर्नेछन र बम्परमा ६ दिन ५ रातको लागि दुबई घुम्न जाने अवसर पाउनेछन् । यसका साथै विभिन्न जीवन बीमा कम्पनीहरुको प्रिमियम तिर्दा रु १००० सम्म क्यासब्याक तथा अन्य आकर्षक उपहारहरु पाउन सक्नेछन् ।

इसेवाका प्रमुख व्यवसाय अधिकृत आशिष गौतमका अनुसार सरकारी नीतिगत तवरबाट नै डिजिटल भुक्तानीलाई प्राथमिकता र प्रोत्साहन गर्ने कुरा अघि बढि रहेको समयमा, डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्त्व स्वरुप प्रयोगकर्ताहरुमा यसको महत्त्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको हो।

यस अन्तर्गत प्रयोगकर्ताहरुले इसेवा मार्फत सजिलै आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने व्यवस्था गरी प्रयोगकर्ताहरुमा डिजिटल भुक्तानी तर्फ थप उत्साह सिर्जना हुने पनि बताएका छन्।