कीवर्डहरू -

निर्देशनको परिपालना नगरेपछि भुक्तानी सेवा प्रदायक ई-नेट पेमेन्ट प्रालिको लाइसेन्स खारेज

निर्देशनको परिपालना नगरेपछि भुक्तानी सेवा प्रदायक ई-नेट पेमेन्ट प्रालिको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले ई-नेट पेमेन्ट प्रालिको अनुमतिपत्र खारेज गरेको छ । निर्देशनको परिपालना नगरेपछि राष्ट्र बैंकले लाइसेन्स खारेज गरेको हो । 

भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधनसहित) को विनियम ३५ को १(ग) को व्यवस्थाबमोजिम भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ । 

कम्पनीले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन/दायित्व बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नसमेत केन्द्रीय बैंकले आग्रह गरेको छ ।

ई-नेट पेमेन्ट प्रालिले भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी विसं २०७६ चैत २१ गते अनुमतिपत्र पाएको थियो  ।
 

null