कीवर्डहरू -

क्वालकमद्वारा आफ्नो फ्ल्यागशिप स्न्यापड्रागन चिप घोषणा, कहिले हुन्छ सार्वजनिक ?

क्वालकमद्वारा आफ्नो फ्ल्यागशिप स्न्यापड्रागन चिप घोषणा, कहिले हुन्छ सार्वजनिक ?

सेमीकन्डक्टर, सफ्टवेयर र वायरलेस प्रविधि निर्माता कम्पनी क्वालकमले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ स्न्यापड्रागन चिपसेट ल्याउने भएको छ ।

कम्पनीले आफ्नो फ्ल्यागशिप चिपसेट घोषणा गरेको हो । नयाँ चिपसेट मार्च १८ मा लन्च हुँदैछ । कम्पनीको यो लन्च कार्यक्रम निर्धारित मितिमा चीनमा हुनेछ ।

क्वालकमको नयाँ चिपसेट स्नापड्रागन एट एस जेन थ्री (एसएम८६३५) हुन सक्ने जनाइएको छ । यो चिपसेट ८ जेन थ्री चिपसेट जस्तै समान आर्किटेक्चरमा आधारित हुनेछ ।

यसमा करटेक्स एक्स फोर कोर पनि समावेश हुनेछ । यो चिपसेट स्नापड्रागन एट एस जेन थ्री भन्दा फरक एड्रिनो ७३५ जीपीयूसंग आउने छ ।