कीवर्डहरू -

जेनरेटिभ एआई सर्चको उदय: के पारम्परिक सर्च इन्जिनको युग समाप्त हुँदैछ ?

जेनरेटिभ एआई सर्चको उदय: के पारम्परिक सर्च इन्जिनको युग समाप्त हुँदैछ ?

हामी यात्रा सुझावदेखि तौल कम गर्ने तरिकासम्म जान्न गुगलको सहायता लिन्छौं । कुनै वेबसाइट, फेसबुक वा युट्युबमा लग–इन गर्न पनि केही शब्दको संकेतमात्र दिनुपर्छ ।

'आजको मौसम कस्तो छ?’ जस्ता प्रश्नहरू पनि बोलेरै गुगललाई सोध्छौं । यी सबै कुरा इन्टरनेट प्रयोगकर्ताका लागि अहिले सामान्य भइसकेका छन्, तर विशेष कुरा के हो भने अब ‘टेन ब्लु लिङ्क्स’ मा हाम्रो निर्भरता घट्दै गएको छ (एआई आउनु पूर्व सर्च गर्दा आउने दश अर्गानिक रिजल्ट)।

आजका विभिन्न जेनरेटिभ एआई सर्च टुल्सले मात्र लिङ्क उपलब्ध गराउने होइन, प्रत्यक्ष रूपमा विस्तृत उत्तर दिन थालेका छन् । एडोबका अनुसार, एआई सर्च अहिले एक महत्वपूर्ण ट्राफिक च्यानल बन्दै गएको छ । रिपोर्टअनुसार, २०२३ देखि २०२४ को बिचमा चाडपर्वको सिजनमा एआई सर्च रेफरलमा १३०० प्रतिशतको वृद्धि भएको छ ।

एआई सर्च अझै सुरुवाती चरणमै छ, तर पारम्परिक सर्च (गुगल वा बिङ आदि) को तुलनामा यहाँ प्रयोगकर्ताहरू आठ प्रतिशत बढी समय बिताउँछन् र विभिन्न वेबपेजहरूमा १२ प्रतिशत बढी ब्राउज गर्छन् । यसले देखाउँछ कि एआई टुल्सले प्रयोगकर्तालाई बढी प्रासंगिक वेबपेजहरूमा सीधा डाइरेक्ट गर्छ ।

एआई सर्च किन लोकप्रिय बन्दैछ ?

एआई सर्चको अनुभवलाई हेर्दा, यहाँ प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार एआई टुल्सको प्रयोग गर्न सक्छन् । एक सर्भेको रिपोर्टअनुसार, ३९ प्रतिशत मानिसहरू अनलाइन किनमेलका लागि, ५५ प्रतिशत मानिसहरू अनुसन्धानका लागि र ४७ प्रतिशत मानिसहरू किनमेलसम्बन्धी सुझावका लागि एआई सर्चको प्रयोग गर्छन् ।

जेनएआई सर्च मार्केटमा कसरी फैलिँदै छ?

नोभेम्बर २०२३ मा ‘च्याटजीपीटी सर्च’ को माध्यमबाट ओपनएआईले इन्टरनेट सर्च मार्केटमा पाइला राखेको थियो । यसका अतिरिक्त, परप्लेक्सिटी एआईले पनि जेनएआई सर्च सेवा प्रदान गरिरहेको छ ।

गुगलले ‘एआई ओभरभ्यूज’ मार्फत आफ्नो एआई सर्च सुविधा ल्याएको छ भने माइक्रोसफ्ट बिङ पनि अग्मेन्टेड सर्चका साथ अगाडि बढिरहेको छ । मेटाले पनि यो क्षेत्रमा आक्रामक रूपमा लगानी गरिरहेको छ ।

के हो जेनएआई सर्च इन्जिन?

जेनएआई सर्च इन्जिन पारम्परिक सर्च इन्जिनको तुलनामा एलएलएम (लार्ज ल्याङ्ग्वेज मोडेल) को प्रयोग गरेर फरक ढंगले प्रतिक्रिया दिन्छ । पारम्परिक सर्चजस्तो केवल स्रोतको लिङ्क प्रदान गर्नुको सट्टा, यसले प्रयोगकर्ताको सामान्य भाषालाई बुझेर सोधिएको प्रश्नको प्रत्यक्ष उत्तर दिन्छ । अझ रोचक कुरा के छ भने, यसको उत्तर व्याख्यात्मक र विस्तृत पनि हुनसक्छ । यसले विभिन्न स्रोतहरूबाट जानकारी संकलन गरेर बढी प्रासंगिक उत्तर दिने गर्छ ।

पारम्परिक र जेनएआई सर्चबीचको अन्तर

परम्परागत सर्च इन्जिन (जस्तै गुगल वा माइक्रोसफ्ट बिङ) वेबपेजहरूको लिङ्क उपलब्ध गराउँछन् । यसका लागि, स्वचालित वेब क्रलरहरूले इन्टरनेट स्क्यान गर्छन्, टाइटल ट्याग, मेटा डिस्क्रिप्सन, हेडिङ र बडी टेक्स्टको आधारमा पेजको लिङ्क निकालेर इंडेक्स गर्छन्, जटिल एल्गोरिदमका माध्यमबाट ¥याङ्किङ निर्धारण गर्छन् । 

तर, जेनएआई सर्च इन्जिन भने कीवर्डमा मात्र निर्भर नरही, प्रयोगकर्ताको प्रश्नलाई प्राकृतिक भाषामा बुझ्ने क्षमता राख्छ, टोकनाइजेसन र की–फ्रेज आइडेन्टिफिकेसनको प्रयोग गर्छ र पूर्व–प्रशिक्षित एलएलएम र रियल–टाइम वेब क्रलिङको आधारमा सटीक उत्तर दिन्छ ।

यसरी, जेनएआई सर्च इन्जिनले प्रयोगकर्ताको उद्देश्यलाई बुझेर बढी स्पष्ट, उपयोगी र सटीक उत्तर दिन्छ। प्रयोगकर्ताको फिडब्याकको आधारमा निरन्तर सुधार हुँदै जानु यसको अर्को विशेषता हो ।

एआई सर्चमा आउने सुधारहरू

व्यक्तिगत उत्तर : प्रयोगकर्ताको प्राथमिकता र व्यवहारअनुसार उत्तर दिन एआई सक्षम हुँदै जानेछ ।

मल्टीमोडल सर्चः टेक्स्ट, तस्बिर, आवाज र भिडियो सर्च सुविधासहित एआई सर्चको क्षमता अझ बढ्नेछ ।

सटीकताः परिष्कृत डेटा स्रोतहरूसँग मिलेर एआई उत्तरहरू अझ विश्वसनीय बन्दै जानेछ ।

जेनएआई सर्च सम्बन्धी चुनौतीहरू

यद्यपि जेनरेटिभ एआई टुल्स धेरै सुविधाजनक छन्, ती पूरै विश्वसनीय भने छैनन् । गुगलको ‘एआई ओभरभ्यूज’ ले दिएको कतिपय उत्तरहरू गलत पाइएका छन् ।

परप्लेक्सिटी एआईमाथि समेत प्रतिलिपि अधिकार (कपिराइट) उल्लङ्घनको आरोप लागेको छ । यस्ता समस्या न्यूनीकरण गर्न ओपनएआईले च्याटजीपीटी सर्चमा सुधार ल्याएको छ ।

तर, प्रयोगकर्ताले एआई सर्चबाट पाएको उत्तरलाई सधैं सत्य मान्नु हुँदैन् । जानकारीलाई पुष्टि गर्ने जिम्मेवारी प्रयोगकर्ताकै हो ।

च्याटजीपीटी सर्च कसरी प्रयोग गर्ने ?

यदि तपाईं गुगल सर्चको सट्टा च्याटजीपीटी सर्च प्रयोग गर्न चाहनुहुन्छ भने, यसको क्रोम एक्सटेन्सन 

(https://chromewebstore.google.com/detail/chatgpt-search/ejcfepkfckgl-bgocfkanmcdngdijcgld?pli=1) डाउनलोड गरेर इन्स्टल गर्न सक्नुहुन्छ ।

त्यसपछि ओम्नीबक्समा आफ्नो क्वेरी राख्नुपर्छ, अनि जीपीटी–४० मोडेलले अपडेटेड जानकारी उपलब्ध गराउँछ ।

यद्यपि, एआई सर्चको विकास तीव्र रूपमा भइरहे पनि गुगल सर्चको अलग पहिचान र महत्व अझै यथावत् छ ।