कीवर्डहरू -

रुट परमिटको पटके भुक्तानी अब अनलाइनबाटै

रुट परमिटको पटके भुक्तानी अब अनलाइनबाटै

बागमती प्रदेशले अस्थायी बाटो इजाजत पत्र (रुट परमिट) को पटके भुक्तानी अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ ।

यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीबाट प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अनलाइन पटके भुक्तानी सेवा सुरू गरेको हो ।

अनलाइनमार्फत भुक्तानी हुने भएपछि सेवाग्राहीलाई सहज हुने प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्सालले अस्थायी रुट परमिट पटके भुक्तानीका लागि सेवाग्राही जुनसुकै जटिल अवस्थामा पनि यातायात व्यवस्था कार्यालय पुग्नुपर्ने अवस्था अन्त्य भएको बताए ।

घरबाटै सेवाग्राहीले पटकेका लागि फारम भर्न र कर तिर्न सक्ने छन् । त्यसपछि मोबाइलमा देखाएर यात्रा गर्न सकिने छ । 

पटक सेवा मन्त्रालयले विकास गरेको ‘यातायात व्यवस्थापन सूचना प्रणाली’ (टीएमआईएस) मार्फत जारी हुनेछ ।