कीवर्डहरू -

सुरू भयाे २९ औं संस्करणको एस पावर क्यान इन्फोटेक

सुरू भयाे २९ औं संस्करणको एस पावर क्यान इन्फोटेक

२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक बिहीबारदेखि सुरू भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । कार्यक्रमकी प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रविधिकाे प्रयाेगमार्फत एस पावर क्यान इन्फाेटेककाे उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै क्यान महासंघका अध्यक्ष रणजीत पाेदारले सन् १९९५ बाट सुरू भएकाे इन्फाेटेक नेपालकाे ठूलाे सुचना प्रविधि प्रदर्शनीकाे रूपमा रहेकाे बताए ।

मुलुककाे सर्वाङ्गीन विकासका लागि प्रविधि पहिलाे आधार भएकाे बताउँदै पाेदारले आईसीटी क्षेत्रकाे विकास र विस्तारका लागि नीतिगत प्राेत्साहन गर्न समेत सरकारलाई आग्रह समेत गरेका छन् ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका लागि मेला महत्त्वपूर्ण हुने क्यान महासंघले जनाएको छ । पाँच दिनसम्म चल्ने क्यान इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई १०० र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ ।

टिकट इसेवाबाट खरिद गर्न सकिने छ । मेलाकाे उद्घाटन समारोहमा नेपालभरका जेहेनदार तथा विपन्न विद्यार्थीलाई बीएस्सी आईटी डिग्रीका लागि २ कराेड बराबरकाे छात्रवृत्ति प्रदान गर्न क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबीच सम्झौता भएकाे छ ।

विगत ६ वर्षदेखि लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले महासंघसँगकाे सहकार्य उक्त छात्रवृत्ति प्रदान गर्दै आएकाे छ । मेलामा सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित विभिन्न प्रडक्ट, सफ्टवेयर, साेलुुसन तथा सेवाहरू प्रदर्शनीमा रहने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । मेलामा १५० बढी स्टलहरू रहेका छन् ।