कीवर्डहरू -

आईओएस १८.४ को दोस्रो बेटा संस्करण सार्वजनिक, के के छन् फिचर ?

आईओएस १८.४ को दोस्रो बेटा संस्करण सार्वजनिक, के के छन् फिचर ?

एप्पलले आईओएस १८.४ को दोस्रो बेटा संस्करण सार्वजनिक गरेको छ । कम्पनीले एक हप्ता अगाडि मात्र यसको पहिलो बीटा संस्करण जारी गरेको थियो ।

आईओएसको नयाँ बेटा अपडेटबाट कम्पनीले एप्रिलमा सार्वजनिक गर्नु अघि नयाँ फिचरहरू परीक्षण गर्दैछ । आईओएस १८.४ बेटा २ हाल परीक्षणको लागि मात्र उपलब्ध छ । यो अपडेटसँगै आईफोन प्रयोगकर्ताहरूलाई धेरै नयाँ फिचरहरू प्राप्त हुनेछन् । हालसम्म, एप्पलले यसको सार्वजनिक बेटा संस्करण जारी गरेको छैन् ।

तर, यो अपडेट यही हप्ता रोल आउट हुन सक्ने अनुमान गरिएको छ । यस अपडेटको बिल्ड नम्बर २२ई५२१६एच हो । सबैभन्दा हाइलाइटेड फिचरको कुरा गर्ने हो भने, भिजुअल इन्टेलिजेन्स फिचर अब आईफोन १५ प्रो मोडलहरूमा पनि उपलब्ध हुनेछ ।

एप्पलले यो फिचर पहिले आईफोन १६ सिरिजका लागि मात्र उपलब्ध गराएको थियो, तर अब आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा पनि प्रयोग गर्न सकिनेछ । भिजुअल इन्टेलिजेन्स फिचरलाई क्यामेरा कन्ट्रोल बटनबाट एक्सेस गर्न सकिन्छ । कम्पनीका अनुसार, यस फिचरले क्यामेराको गुणस्तरलाई धेरै गुणा सुधार गर्नेछ । आईओएस १८.४ बेटा १ मा कम्पनीले प्रायोरिटी नोटिफिकेसन फिचर प्रस्तुत गरेको थियो ।

यो एआई (च्याटजीपीटी) को सहयोगमा महत्वपूर्ण नोटिफिकेशनहरूलाई प्राथमिकता दिई अनुकूलन गर्न मद्दत गर्छ । नयाँ बेटा अपडेटपछि, प्रयोगकर्ताहरूले कुन एपको नोटिफिकेशन प्राथमिकता दिने भन्ने आफैं चयन गर्न सक्नेछन् । यसका लागि सेटिङ एपमा नयाँ विकल्प थपिएको छ, जहाँबाट प्रयोगकर्ताहरूले चयन गरिएका एपका नोटिफिकेशनहरू व्यवस्थापन गर्न सक्नेछन् ।

कन्ट्रोल सेन्टर अपडेट एप्पलले कन्ट्रोल सेन्टर अपडेटका लागि नयाँ अपडेट ल्याएको छ, विशेष गरी सिरी र एप्पल इन्टेलिजेन्स फिचरहरूका लागि । अपडेटपछि आईफोन १५ प्रो र आईफोन १६ सिरिजका लागि टक टू सिरी र भिजुअल इन्टेलिजेन्सका लागि नयाँ टगल उपलब्ध हुनेछ । साथै, आईओएस १८.१ मा दिइएको टाईप टू सिरी टगललाई पनि कायम राखिएको छ ।

आईओएस १८.४ अपडेटपछि आईफोन प्रयोगकर्ताहरूलाई नयाँ एप्पल भिजन प्रा एप प्राप्त हुनेछ । यस एपको मद्दतले भिजन प्रो प्रयोगकर्ताहरूले पहिलेभन्दा अझ बढी सामग्री अन्वेषण गर्न सक्नेछन् र आफ्नो डिभाइसलाई अझ राम्रो तरिकाले प्रयोग गर्नका लागि सुझावहरू प्राप्त गर्नेछन् । आईओएस १८.४ को दोस्रो बीटा संस्करणमा एप्पलले केही नयाँ इमोजीहरू समावेश गरेको छ ।

यी इमोजीहरूमा रूट वेजिटेबल, फेस, शोभेल, हार्प, स्प्ल्याटर, पातविहीन रुख (Leafless Tree) र फिङ्गरप्रिन्ट सामेल छन् । साथै, शार्क फ्ल्याग र सिरियाको फ्ल्याग पनि अपडेट गरिएको छ ।