ओपन एआई ले अमेरिकी सरकारका लागि विशेष एआई टुल लन्च गरेको छ । यसलाई च्याटजीपीटी जिओभी नाम दिइएको छ ।
च्याटजीपीटी जिओभी विशेष रूपमा सरकारी कामकाजको आवश्यकताहरूलाई ध्यानमा राखी डिजाइन गरिएको छ ।
ओपन एआईका अनुसार, अमेरिकी सरकारी निकायहरूले च्याटजीपीटी जिओभीलाई माईक्रोसफ्ट एजुरेको व्यावसायिक क्लाउडमा राख्न सक्छन् । यसमा च्याटजीपीटी एंटरप्राइजको धेरै विशेषताहरू उपलब्ध छन्, जसमा कस्टम जीपीटीहरु पनि समावेश छन् ।
ब्लगमा उल्लेख गरिएअनुसार, च्याटजीपीटी जिओभीले सरकारी निकायहरूलाई उनीहरूको सुरक्षा, गोपनीयता, र अनुपालन आवश्यकताहरूमा नियन्त्रण राख्न सहायता गर्छ । यसले आईएल५, सिजेआईएस, आईटिएआर, र फेडर्याम्प हाई जस्ता कठोर साइबर सुरक्षा मापदण्डहरू पूरा गर्छ । यसले संवेदनशील तथा गैर–सार्वजनिक डेटा द्रुत रूपमा प्रोसेस गर्न ओपन एआई टुल्सलाई सहायता प्रदान गर्छ ।
ओपन एआईका एक्समा पोस्ट गर्दै च्याटजीपीटी जिओभीले सार्वजनिक स्वास्थ्य सुधार, पूर्वाधार सुधार, तथा राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।
यसले सरकारी अधिकारीहरूलाई सुरक्षित वर्कस्पेसमा कुराकानीहरू सुरक्षित गर्ने, साझेदारी गर्ने, साथै टेक्स्ट र इमेज फाइल अपलोड गर्ने सुविधा प्रदान गर्नेछ ।
जीपीटी–४० मोडेलद्वारा सञ्चालित यो प्रणालीले कर्मचारीहरूलाई आफ्नै कार्यस्थलमा कस्टम जीपीटीहरु सिर्जना गर्ने र साझेदारी गर्ने अनुमति पनि दिन्छ ।