कीवर्डहरू -

ग्लोबल मनी विकमा नमस्ते पेद्वारा विभिन्न कार्यक्रम आयोजना

ग्लोबल मनी विकमा नमस्ते पेद्वारा विभिन्न कार्यक्रम आयोजना

डिजिटल वालेट नमस्ते पेले ग्लोबल मनी विक २०२४ को अवरसमा अवसरमा १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सचेत र सशक्तिकरण गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । 

यस अन्तर्गत नमस्ते पेद्वारा सामाजिक सञ्जाल र एपमार्फत प्रयोगकर्ताहरू र फलोअर्सलाई वित्तीय साक्षरता र वित्तीय समावेशीकरणको बारेमा जानकारी दिइएको थियो । यसका साथै वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका बारेमा जानकारी मुलक भिडियो तयार गरी Study Material नामको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । 

त्यसैगरी, नमस्ते पेले विभिन्न कलेजहरूमा वित्तीय साक्षरता र वित्तीय समावेशीकरण सम्बन्धी सत्रहरू समेत सञ्चालन गरेको थियो । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन्। रिचार्ज, बिल भुक्तानी, पैसा थप्नुहोस्, पैसा पठाउनुहोस्, व्यापारी भुक्तानी जस्ता सेवाहरू अफलाइन उपलब्ध छन्। नेपाल टेलिकमको सिम भएका प्रयोगकर्ताहरूले USSD (अफलाइन) सेवाहरू प्रयोग गर्न सक्दछन् ।