ललितपुरको कुपण्डोलमा रहेको आईटी कलेज हो, द वेस्टमिन्स्टर । सन् २०२२ मा स्थापना भएको यस कलेजले बेलायतको वेस्टमिनिस्टर विश्वविद्यालयबाट सम्बन्धन लिएर ब्याचलर्समा ४ वर्षे कार्यक्रम बीएससी (अनर्स) कम्प्युटर साइन्स र बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिक कोर्ष सञ्चालन गर्दै आएको छ ।
नेपालमा ब्रिटिश शिक्षामा प्रदानमा अग्रणी भूमिका खेल्दै आएको ब्रिटिश एजुकेसन ग्रुपले २ वर्ष अगाडि द वेस्टमिन्स्टर सञ्चालनमा ल्याएको हो ।
काठमाडौंको उपत्यकाको मुख्य भाग र सबैको पहुँचमा रहेको कलेज छोटो समयमै विद्यार्थीहरूको पहुँचमा पर्न सफल भएको छ । वेस्टमिन्स्टर कलेजले सस्तो, गुणस्तरीय र समावेशी शिक्षामा जोड दिएको कलेज प्रमुख अरूण लाल जोशी बताउँछन् ।
‘२ वर्षको अवधिमै विद्यार्थीको रोजाइमा पर्न सफल भएका छौं । सस्तो, गुणस्तरीय र समावेशी शिक्षा प्रदान गर्ने हाम्रो भिजन हो । त्यसै अनुसार काम गरेरहेका छौं ।’
कलेजको पहिलो वर्षदेखि नै विद्यार्थीलाई समस्या समाधान (प्रब्लम सल्भिङ) मा केन्द्रित गराउने गरेको छ । समस्याको पहिचान कसरी गर्ने ? त्यो समस्यालाई समाधान गर्ने तरिका बारे सिकाउने गरिएको छ ।
‘एउटा विद्यार्थी कसरी प्रब्लम सल्भर हुन सक्छ । समास्याहरूलाई समाधान गर्दै र त्यसबाट समुदायलाई कसरी सहयोग गर्ने भन्नेमा हामी केन्द्रित हुन्छौं । यो हाम्रो कलेजको विशेषता नै हो,’ जोशीले भने ।
सोमबारदेखि शुक्रबारसम्म ५ दिन कक्षा सञ्चालन हुन्छ । वेस्टमिनिस्टर विश्वविद्यालयसँग मिल्ने गरी नै कलेजले पनि आफ्नो शैक्षिक क्यालेन्डर बनाएको छ । त्यसै अनुसार शैक्षिक गतिविधिहरू सञ्चालन हुन्छन् ।
बीएससी (अनर्स) कम्प्युटर साइन्स र बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिक कोर्ष विज्ञान, व्यवस्थापन, ए लेभल लगायत जुनसुकै क्षेत्रबाट आएका विद्यार्थीले अध्ययन गर्न सक्छन् । तर ५५ प्रतिशत अंक ल्याएर प्लस टु वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
कलेजले वर्षमा सेप्टेम्बर र जनवरी गरी २ पटक भर्ना लिने गरेको छ । अहिले जनवरी इन्टेकका लागि भर्ना खुलिरहेको छ । यसअघि विविध कारणले भर्ना हुन पाउनु भएको छैन् भने कलेजमा गएर भर्ना गर्न सकिने छ । आउने जनवरी तेस्रो हप्ताबाट कक्षा सुरू हुन्छ । एउटा कक्षामा ३५ जना मात्रै विद्यार्थी राख्ने गरिएको छ ।
विद्यार्थीहरूलाई आईटी उद्योगमा काम गरिरहेका फ्याकल्टीले पढाउने जोशीले जानकारी दिए । ‘हामीसँग आईटी उद्योगमा काम गरिरहेका शिक्षकहरू हुनुहुन्छ । हामीले इन्डष्ट्री र एकेडेमीयालाई सँगसँगै लैजान गरेका छौं,’ जोशीले आइसिटी समाचारसँग भने, ‘यस बाहेक आईटी उद्योगका अनुभवि व्यक्तिहरू गेष्ट लेक्चरको रूपमा आउनु हुन्छ ।’
ब्रिटिश एजुकेसन ग्रुपले सन् २०११ देखि नै नेपालमा ब्रिटिश शिक्षा प्रदान गरिरहेको छ । एक दशकको अनुभवबाट नै सस्तो र गुणस्तरीय शिक्षा दिने उद्देश्यसहित वेस्टमिन्स्टर कलेज जन्मिएको हो । कलेजमा अहिले देशभरबाट विद्यार्थीहरू पढ्न आएको छ । कक्षामा विविधता छ । विविधताले विद्यार्थीको सिकाइमा झन नयाँ आयाम थपेको छ ।
ब्रिटिश एजुकेसन ग्रुप अन्तर्गत सञ्चालन भएको हुनाले ग्रुपको अलमुनाईहरूको नेटवर्क पनि राम्रो छ । ग्रुप अन्तर्गत पढेका विद्यार्थीहरू विश्वका ठूला ठूला कम्पनीमा काम गरिरहेका छन् भने कतिपयले स्टार्टअप सुरू गरेर राम्रो सफलता हासिल गरिरहेका छन् ।
यस बाहेक वेस्टमिन्स्टर कलेजले उद्योगसँग निरन्तर सहकार्य गर्दै आएको छ । इन्डष्ट्री र एकेडेमीयाको ग्याप थाहा भएकाले विद्यार्थीलाई बजारका लागि तयार पार्ने उनको भनाइ छ । त्यसै अनुसार बजारमा आवश्यक सीपहरू सिकाउँदै आएको छ । कलेजले विद्यार्थीको ‘होलिस्टिक’ विकासमा जोड दिएको छ ।
कलेजमा पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्ता समेत गरिएको छ । शिक्षा मन्त्रालयले तोके अनुसार १० प्रतिशत छात्रवृत्ति दिइन्छ । यस बाहेक प्लस टुमा उत्कृष्ट अंक ल्याउने, जेहेन्दार र कक्षामा उत्कृष्ट अंक ल्याउनेलाई पनि मेरिटको आधारमा छात्रवृत्ति दिने गरिएको छ ।
कक्षामा सबैभन्दा बढी अंक ल्याउनेलाई ट्युशन शुल्कमा पूर्ण छुट, दोस्रोलाई ५० प्रतिशत र तेस्रोलाई २५ प्रतिशत छुट दिने कलेजले जनाएको छ ।
वेष्टमिनिष्टर कलेजमा पढ्ने विद्यार्थीहरूले क्रेडिट ट्रान्सफर सुविधा समेत पाउँछन् । विद्यार्थीहरू २ वर्ष नेपालमा पढेर बाँकी २ वर्ष वेस्टमिन्स्टर विश्वविद्यालयमा पढ्न चाहेमा सिमलेस इयर ट्रान्सफर हुन्छ । अन्य विश्वविद्यालयमा पढ्न चाहेमा क्रेडिट ट्रान्सफर हुन्छ ।
आफुहरूको उद्देश्य ४ वर्ष नेपालमै पढाउने रहेको जोशी बताउँछन् । ‘हाम्रो उद्श्य भनेको ४ वर्ष नेपालमा पठाउने र नेपालबाटै विश्वस्तरीय जनशक्ति तयार गर्ने हो,’ उनी भन्छन्, ‘यदी कसैलाई ट्रान्सफर गर्न मन लाग्यो भने ट्रान्सफरको सुविधा छ ।’
बीएससी (अनर्स) कम्प्युटर साइन्स र बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिक कोर्षका लागि कलेजमा ६ लाख ६० हजार रूपैयाँ तोकिएको छ । यसमा भर्ना शुल्क र २५ हजार सेक्युरिटी डिपोजिट समेत समावेश छ । सेक्युरिटी डिपोजिट पढाइ सकिएपछि फिर्ता हुनेछ ।
यस बाहेक विद्यार्थीले ३ हजार पाउण्ड (आजको विनिमयदर अनुसार ५ लाख ६ हजार रूपैयाँ) विश्वविद्यालयमा बुझाउनु पर्ने हुन्छ । यस अनुसार ४ वर्ष अध्ययन गर्दा कुल शुल्क ११ लाख ६५ हजार रूपैयाँ लाग्ने छ । बेलायत जाने कार्यक्रमका लागि अलि बढी खर्च लाग्न सक्छ । त्यसका लागि विद्यार्थीले केही अतिरिक्त शुल्क तिर्नुपर्ने हुन सक्छ ।
वेस्टमिन्स्टर कलेज सञ्चालनमा आएको २ वर्ष मात्रै भएको छ । अब विद्यार्थीहरूले परियोजनाहरूमा काम गर्नुपर्छ । त्यसैले कलेजले परियोजना शोकेस, नेपाल र बेलायतका विद्यार्थीबीच जोइन्ट प्रोजेक्ट, स्टुडेन्ट एक्सचेन्ज कार्यक्रम, समर स्कुल र जब फेयर गर्ने योजना बनाएको छ ।
कलेजले आईडियालाई स्टार्टअपको रूपमा लैजाना पूर्वाधार विकासमा पनि जोड दिएको जोशीले बताउँछन् । ‘स्टार्टअपलाई प्रोत्साहन गर्दैछौं । अबको युवाले चार वर्ष कुरेर बस्नु पर्दैन् । अहिले पनि कलेजमा पढिरहेका विद्यार्थीले विभिन्न कम्पनीमा काम गरिरहेका छन्,’ उनले भने, ‘त्यसैले आईडियालाई स्टार्टअपको रूपमा लैजना पूर्वाधार विकास गर्देछौं । युवाहरूमा ठूलो सम्भावना छ ।’