कीवर्डहरू -

विश्वको पहिलो पारदर्शी टिभी सार्वजनिक

विश्वको पहिलो पारदर्शी टिभी सार्वजनिक

कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सिइएस २०२४) आज अर्थात जनवरी ९ बाट सुरु हुँदैछ र यसमा कैयौं कम्पनीहरुले आफ्नो अनौठो उत्पादनहरु ल्याएका छन् । सिइएस २०२४ यस पटक लास भेगासमा जनवरी ९–१२ सम्म आयोजना हुँदैछ ।  

सिइएस हरेक वर्ष जनवरीमा आयोजना हुने गर्दछ र विश्वका सबै प्राविधिक कम्पनीहरूले यसमा आफ्ना उत्पादनहरू प्रस्तुत गर्छन् । यो कार्यक्रम सुरु हुनु अघि, ट्रान्सप्यारेन्ट (पारदर्शी) एलईडी डिस्प्लेले सारा संसारलाई चकित बनाएको छ ।

सामसंग र एलजीले सिइएस २०२४ भन्दा ठीक अगाडि पारदर्शी एलईडी टिभीहरू प्रस्तुत गरेका छन् । सामसंगभन्दा पहिले एलजीले आफ्नो पारदर्शी टिभीको पहिलो झलक सार्वजनिक गरेको छ । यो टिभी प्यानल पूर्ण रूपमा पारदर्शी छ र यसमा कुनै बेजेल छैन् ।

यदि तपाईंले आफ्नो घरको भित्तामा यी टिभीहरू जडान गर्नुभयो भने, जबसम्म यो सक्रिय हुँदैन, कसैले पनि तपाईंको घरमा टिभी छ भनेर थाहा पाउनेछैन् । तपाईं यी टिभीहरूमा आफ्नो फोनको स्क्रिन पनि सेयर गर्न सक्नुहुन्छ ।

यी टिभीका विशेषताहरूको बारेमा कुरा गर्दा, पावर स्रोत बाहेक यी टिभीमा कुनै केबल देखिँदैन् । यसलाई वायरलेस टिभी पनि भनिन्छ । यसमा एभी ट्रान्समिसन प्रविधिको प्रयोग गरिएको छ । यी टिभीलाई विश्वको पहिलो वायरलेस पारदर्शी एलईडी टिभी पनि भनिन्छ ।

यो घर, कार्यालय, इभेन्ट आदिमा प्रयोग गर्न सकिन्छ । यो वर्षको अन्त्यसम्ममा यी दुई टिभाी ग्राहकहरुलाई उपलब्ध गराउन सकिनेछ ।