एक चिनियाँ स्टार्टअपले एकपटक चार्ज गरेपछि ५० वर्षसम्म चार्ज गर्नु नपर्ने ब्याट्री निर्माण गरेको छ । बेटाभोल्ट नामक कम्पनीले ५० वर्ष आयु रहेको एकपटक चार्ज गरेपछि ५० वर्षसम्म चार्ज गर्नु नपर्ने विश्वकै शक्तिशाली ब्याट्री विकास गरेको हो ।
यति शक्तिशाली ब्याट्रीको साइज कत्रो होला ? प्रायको जवाफ हुन्छ, धेरै ठूलो । तर यो ब्याट्रीको साइज एक सिक्काको बराबर रहेको छ । यो ब्याट्री परीक्षणको पनि सफल भइसकेको छ ।
यसको ठूलो मात्रामा उत्पादन पनि ठूलो मात्रामा भएको छ । चाँडै स्मार्टफोन र ड्रोनमा प्रयोग हुने बताइएको छ । ब्याट्रीमा परमाणु ऊर्जा प्रयोग गरिएको छ ।
बेटाभोल्टको परमाणु ऊर्जा ब्याट्री अन्तरिक्ष, एआई उपकरण, माइक्रोप्रोसेसरहरू, उन्नत सेन्सर, माइक्रो रोबोट आदिमा पनि प्रयोग गरिने छ । यसबाहेक, यो ब्याट्री पेसमेकर जस्ता जीवन बचाउने उपकरणहरूमा प्रयोग हुनेछ ।
यस ब्याट्रीको साइज १५X१५X५ मिलिमिटर छ । यसमा डायमण्ड सेमीकण्डक्टरको प्रयोग गरिएको छ । यो ब्याट्रीले ३ भोल्ट पावरबाट १०० माइक्रोवाट ऊर्जा उत्पादन गर्छ । सन् २०२५ सम्ममा यस ब्याट्रीको पावर १ वाटमा पुर्याउने लक्ष्य राखिएको छ । यसले –६० देखि १२० डिग्री सम्मको तापक्रममा काम गर्न सक्छ ।