कीवर्डहरू -

आतिफ असलमको कन्सर्टको एक्सक्लुसिभ टिकटिङ्ग पार्टनरमा खल्ती

आतिफ असलमको कन्सर्टको एक्सक्लुसिभ टिकटिङ्ग पार्टनरमा खल्ती

‘खल्ती’ ले आतिफ असलमको लाईभ म्युजिकल शोमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ। तरिस ईन्टरटेनमेन्ट र एम् एन् प्राेडक्ससँग सम्झौता गर्दै काठमाडाैं म्युजिक फेस्टिभल २०२४ हुन गई रहेको दक्षिण एसियाकै चर्चित आवाज- आतिफ असलमको लाईभ शोमा खल्तीले बक्स अफिसदेखि अनलाईन टिकट सेल्सको सम्पूर्ण जिम्मा लिएको छ। 

‘काठमाडाैं म्युजिक फेस्टिभल २०२४’- चैत्र ३० र वैशाख १ मा काठमाडौंको हायात रिजेन्सी ग्राउन्डमा दिउँसो ४  बजे सुरु हुन गई रहेको छ। खल्ती प्रयोगकर्ताले यस इभेन्टको टिकट सजिलै खल्ती एप मार्फत खरिद गरि आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्नेछन्।

आयोजकका अनुसार नेपाली नयाँ वर्षकाे अवसरमा हुन लागेकाे ‘काठमाडाैं म्युजिक फेस्टिभल २०२४’मा  आतिफ असलम को कन्सर्ट पहिलो दिनको लागि तय गरिएको छ भने दोस्रो दिनमा थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहनेछ । दुबै इभेन्टको टिकट खल्तीमा उपलब्ध छ। 

खल्तीले अहिले सम्म ५ हजार बढी इभेन्ट/कार्यक्रमहरूमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्दै अनलाइन टिकटिङकाे एक  उत्कृष्ट माध्यम बन्न सफल भएकाे छ। केहि महिना अघि मात्र हायात रिजेन्सी ग्राउन्डमै भएकाे अरिजित सिंह लाइभ शोमा खल्तीले अनलाइन र बक्स अफिस टिकटिङकाे जिम्मेवारी निर्वाह गरेको थियो । 

साे टिकटिङ व्यवस्था अनुसार १५००० हजार दर्शकले उक्त इभेन्टको हिस्स बन्ने अवसर पाएका थिए । खल्तीले साेही तवर र सहजताका साथ आतिफ असलम को कन्सर्ट रहेकाे यस म्युजिक फेस्टिभलकाे टिकटिङ व्यवस्था गरेको छ  प्रयोगकर्ताहरूले निर्धक्क भई  सुविधा जनक तवरबाट अनलाईन टिकट खरिद गर्न सक्ने  कुरामा खल्ती विश्वस्त छ । 

आफ्नो स्वर बेल्टिङबाट परिचित आतिफले तेरे संग यारा, जीना जीना, वो लम्हे वो बातें, जब कोई बात, पहली दफा जस्ता हिट गीत गाएका छन् भने सन् २००८ मा पाकिस्तान सरकारबाट चौथो सर्वोच्च नागरिक सम्मान ‘तमग़ा-ए-इम्तियाज़’ बाट सम्मानित भएका थिए । उनको सुमधुर आवाज र गायन क्षमताले ठूलो संख्यामा दर्शक स्राेता मन जित्न सफल भएको छ भने थुप्रै अवार्डहरू पनि कमाएकाे छ। 

यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यस्तो सहकार्यले खल्तीको इनाेभेटिभ तथा युवामैत्री लाइफ स्टाईल ब्रान्डको रूपमा स्थापित हुने उदेश्यलाई थप सहयोग पुग्ने बताए ।