कीवर्डहरू -

अब युट्युबमा आफ्नो च्यानल क्युआर कोडमार्फत पनि सेयर गर्न सकिने

अब युट्युबमा आफ्नो च्यानल क्युआर कोडमार्फत पनि सेयर गर्न सकिने

गुगलको पपुलर भिडियो शेयरिङ प्लेटफर्म युट्युबले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचर सार्वजनिक गरेको छ । युट्युब च्यानल शेयर गर्न सजिलो बनाउने क्रममा कम्पनीले च्यानल क्युआर कोडको सुरुवात गरेको छ । यो नयाँ फिचरसँग, प्रयोगकर्ताहरूले आफ्ना साथी, परिवार र फलोअर्सहरूसँग आफ्नो च्यानल सजिलै शेयर गर्न सक्छन् । यसका लागि अरू युट्युब प्रयोगकर्ताहरूलाई यस क्युआर कोडलाई स्क्यान गर्न मात्र आवश्यक पर्छ ।

च्यानल क्युआर कोड कसरी काम गर्छ ?

च्यानल शेयर गर्नको लागि यो क्युआर कोडलाई युट्युब प्रयोगकर्ताहरूले च्यानलको मुख्य पृष्ठबाट एक्सेस गर्न सक्नेछन् । यो क्युआर कोडलाई युट्युब प्रयोगकर्ताले सामाजिक सञ्जाल, मेसेजिङ एप्स र प्रिन्ट सामग्रीहरूमा समेत शेयर गर्न सक्छन् ।

जब कुनै अरू युट्युब प्रयोगकर्ताले फोनबाट यस शेयर गरिएको क्युआर कोडलाई स्क्यान गर्छन्, तब प्रयोगकर्ता स्वचालित रूपमा युट्युब च्यानलमा रिडायरेक्ट हुनेछ ।

यो फिचरको बारेमा जानकारी दिँदै कम्पनीले भनेको छ, “हामी युट्युबमा सबै क्रिएटर समुदायका लागि च्यानल क्युआर कोड सुरु गर्दैछौ । आशा गर्छौं कि यो नयाँ अपडेटसँग तपाईं आफ्नो च्यानल सजिलै शेयर गर्न सक्नुहुन्छ, जो तपाईंको कन्टेन्ट हेर्न चाहन्छन् ।”

यदि तपाईं युट्युब क्रिएटर हुनुहुन्छ र आफ्नै च्यानलमा भिडियो अपलोड गर्नुहुन्छ भने तपाईं आफ्नो च्यानलको क्युआर कोड अरू प्रयोगकर्ताहरूसँग शेयर गर्न सक्नुहुन्छ–

– यसको लागि सबैभन्दा पहिले फोनमा युट्युब खोल्नुहोस् ।
– तल दायाँ कुनामा रहेको आफ्नो प्रोफाइलमा ट्याप गर्नुहोस् ।
– यहाँ माथि फेरि प्रोफाइल आइकनमा ट्याप गर्नुहोस् ।
– अब यहाँ माथि दायाँ कुनामा मेनु विकल्पमा जानुहोस् ।
– अब मेनुबाट शेयर विकल्पमा ट्याप गर्नुहोस्।
– अब यहाँ क्युआर कोड विकल्पमा ट्याप गर्नुहोस् ।
– यसो गर्दा स्क्रिनमा तपाईंलाई क्युआर कोड देखिनेछ ।
– यसलाई सिधै स्क्यान गर्न लगाउन सक्नुहुन्छ वा “सेभ टू क्यामेरा रोल“ मा क्लिक गरेर ग्यालरीमा सेव गर्न सक्नुहुन्छ । यस बटनमा ट्याप गर्नासाथ तपाईंको क्युआर कोड ग्यालरीमा आउनेछ ।