आजको समयमा सामाजिक सञ्जाल प्लेटफर्महरूको प्रयोग अत्यधिक बढेको छ । अधिकांश मानिसहरू इन्स्टाग्राम र युट्युब जस्ता प्लेटफर्महरूमा घण्टौँ समय बिताउने गर्छन् ।
त्यस्तै, केही क्रिएटरहरू छन् जो यस्ता प्लेटफर्महरूमा नियमित रूपमा कन्टेन्ट पोस्ट गरेर कमाइ पनि गर्छन् ।
यदि तपाईं पनि नियमित रूपमा भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्नुहुन्छ भने केही महत्वपूर्ण कुरामा ध्यान दिनु अत्यावश्यक छ । किनभने तपाईंको सानो गल्तीले तपाईंको अकाउन्ट सस्पेन्ड वा डिलिट समेत हुन सक्छ ।
कपीराइट र आपत्तिजनक सामग्रीबाट टाढा रहनुहोस्
जानकारीका लागि भन्नुपर्दा, आफ्नो भिडियोमा कहिल्यै पनि अर्को कसैको गीत, चलचित्रको क्लिप वा भिडियो क्लिप बिना अनुमति प्रयोग नगर्नुहोस् । यस्तो गरेमा तपाईंको अकाउन्टमा स्ट्राइक लगाउन सकिन्छ वा भिडियो हटाइन्छ ।
साथै, कुनै पनि यस्तो सामग्री पोस्ट नगर्नुहोस् जसले कसैको धार्मिक, जातीय वा सामाजिक भावनामा ठेस पुर्याउन सक्छ । गाली–गलौज, घृणा फैलाउने अभिव्यक्ति वा हिंसात्मक सामग्रीमाथि प्लेटफर्महरूले कडा कारबाही गर्छन् ।
नक्कली समाचारबाट बच्नुहोस्
आजको समयमा नक्कली समाचार (फेक न्यूज) सामाजिक सञ्जालमा अत्यन्त छिटो फैलिन्छ, जसका कारण ठूलो क्षति हुन सक्छ । त्यसैले, भिडियोमा कुनै गलत वा भ्रमपूर्ण जानकारी नदिनुहोस्, विशेषगरी स्वास्थ्य सम्बन्धी सुझाव वा समाचार विषयमा। कुनै पनि जानकारी दिने अघि त्यसको सत्यता राम्ररी जाँच गर्नुहोस् ।
हिंसा वा डराउने दृश्यहरूबाट बच्नुहोस्
यदि तपाईं संवेदनशील विषयमा भिडियो बनाउनुभएको छ भने पनि हिंसात्मक वा मनोवैज्ञानिक रूपमा आघात पु¥याउने दृश्यहरू देखाउनु अघि चेतावनी दिनु अनिवार्य हुन्छ । चेतावनी बिना यस्ता भिडियोहरू शेयर गर्दा तपाईंको सामग्री हटाउन सकिन्छ ।
साथै, इन्स्टाग्राम र युट्युबले अश्लील वा यौनजन्य सामग्रीलाई कदापि सहन गर्दैनन् । यस्ता भिडियो पोस्ट गर्दा तपाईंको अकाउन्ट बन्द हुन सक्छ वा स्थायी रूपमा हटाइन्छ ।