जब पनि तपाई कुनै डिभाइसबाट फाइल डिलिट गर्नुहुन्छ, त्यो पूर्ण रुपले डिलिट भएको हुँदैन् । यो फाइल रिसाइकल बिनमा जान्छ, जस कारण आवश्यक परेको खण्डमा फाइललाई फिर्ता पनि ल्याउन सकिन्छ ।
तपाईं रिसाइकल बिनमा गएर सिस्टममा मेटाइएको फाइल पुनः इन्स्टल गर्न सक्नुहुन्छ । तर मेटाइएका फाइलहरू लामो समयसम्म रिसाइकल बिनमा रहनु राम्रो होइन, यसले तपाईंको कम्प्युटरको स्टोरेजलाई असर गर्छ । तसर्थ, तपाईंले समय–समयमा यी फाइलहरू स्थायी रूपमा डिलिट गर्नुपर्छ ।
यदि तपाईंको प्रणालीमा डिलिट गरिएको फाइलहरू र फोल्डरहरू रिसाइकल बिनमा सुरक्षित छन् भने, यसले गर्दा प्रणालीमा अनावश्यक दबाब पर्न जान्छ ।
कम्प्युटर वर्कफोर्स र तपाईको गोपनीयता कायम राख्न रिसाइकल बिन खाली गर्न सकिन्छ । आज हामी तपाईंलाई रिसाइकल बिन खाली गर्ने तीन तरिकाहरू बारे जानकारी दिदै छौं ।
रिसाइकल बिन खाली गर्ने ३ तरिका
पहिलो तरिका
आफ्नो कम्प्युटर÷ल्यापटप खोल्नुहोस् र रिसाइकल बिनमा क्लिक गर्नुहोस् । रिसाइकल बिन खाली गर्न, एम्प्टी रिसाइकल बिनमा क्लिक गर्नुहोस् ।
दोस्रो तरिका
आफ्नो कम्प्युटर/ल्यापटपमा रिसाइकल बिन खोल्नुहोस् । मेनु पट्टीमा रहेको म्यानेज ट्याबमा क्लिक गर्नुहोस् । अब एम्प्टी रिसाइकल बिनमा क्लिक गर्नुहोस् ।
तेस्रो तरिका
स्क्रिनको तलको विन्डोज आइकनमा क्लिक गर्नुहोस् । अब सेटिङमा क्लिक गर्नुहोस् र सिस्टम चयन गर्नुहोस् ।
यहाँ स्टोरेज ट्याबमा जानुहोस् र टेम्प्रोररी फाइलहरूमा क्लिक गर्नुहोस् । एउटा नयाँ पृष्ठ खुल्नेछ, जहाँ कम्प्युटरका सबै अस्थायी फाइलहरू देखिने छन् ।
रिसाइकल बिन चेक बक्समा क्लिक गरेपछि, रिमुभ फाइलमा क्लिक गर्नुहोस् । यी तीन तरिकाले तपाई कम्प्युटर र ल्यापटपमा रिसायकल बिन क्लिन गर्न सक्नुहुन्छ । यसले बेकार फाइलहरू र फोल्डरहरू हटाउनेछ । यसबाहेक, सिस्टममा स्टारेज पनि भइरहन्छ ।