शनिबार साँझदेखि अमेरिकाभर टिकटक एप चल्ने छाडेको छ । टिकटक बन्द भएपछि अहिले एप खोल्दा प्रतिबन्ध भएको जानकारी राखिएको छ ।
टिकटकलाई प्ले स्टोर र एप स्टोरबाट पनि हटाइएको छ । साथै वेबमा पनि टिकटक उपलब्ध नभएको जानकारी दिन थालिएको छ । अमेरिकी कांग्रेसले अप्रिलमा एउटा कानुन पारित गरेको थियो, जसले टिकटकको अभिभावक कम्पनी बाइटडान्सलाई टिकटकको अमेरिकी स्वामित्व बेच्न वा बन्द गर्न आदेश दिएको थियो ।
तर कम्पनीले दोस्रो विकल्प रोजेको छ । प्रयोगकर्तालाई दिएको सन्देशमा टिकटकले ट्रम्पले कार्यभार सम्हालेपछि यसको समाधान खोज्नेमा आशावादी रहेको बताएको छ ।
अमेरिकामा टिकटक बन्द हुने प्रक्रिया पाँच वर्षदेखि सुरु भएको थियो । त्यसबेला तत्कालिन डोनाल्ड ट्रम्पले २०२० को मध्यमा कार्यकारी आदेश मार्फत पहिलो पटक टिकटक प्रतिबन्ध प्रस्ताव गरेका थिए, जसले सफलता पाएको थिएन ।