कीवर्डहरू -

टिकटकले मनायो बीटीएसका जिमिनको दोस्रो सोलो एल्बम म्युज रिलिजको उत्सव

टिकटकले मनायो बीटीएसका जिमिनको दोस्रो सोलो एल्बम म्युज रिलिजको उत्सव

टिकटकले चर्चित सांगीतिक समूह बीटीएसका सदस्य जिमिनको बहुप्रतिक्षित सोफोमोर एल्बम म्युज रिलिजको उत्सव मनाउँदै एउटा इमर्सिभ इन-एप एक्सपिरियन्सको सुरुवात गरेको छ।

#Jimin_Whoहबले आफ्ना विश्वव्यापी प्रशंसकहरूलाई विशेष कन्टेन्टहरू सँग जोडिन, च्यालेन्जहरूमा भाग लिन र सीमित-समयको लागि उपलब्ध हुने पुरस्कारहरू प्राप्त गर्ने अवसर प्रदान गर्दै आएको छ ।

‘जिमिन’ र ‘बीटीएस’ जस्ता सम्बन्धित शब्दहरू सर्च गर्दा सीमित-समयको लागि च्यालेन्जहरू अनलक गर्न विशेष प्रोफाइल फ्रेमहरू प्रस्तुत हुनेछ।

यसका साथै हबले जिमिनको सोलो काम र कोल्याबरेसनहरू, फ्यानस्पटलाइट प्रदर्शन गर्ने स्ट्यान्डआउट आर्मी सदस्य र उनीहरूका सिर्जनाहरू र जिमिनको सोफोमोर एल्बम म्युज रिलिजको उत्सव मनाउने इमर्सिभ एक्सपिरियन्स सहित स्वयं जिमिनबाट उत्कृष्ट कन्टेन्टहरू समेत प्रस्तुत गर्ने बताइएको छ।

यस पहलले कलाकार र फ्यानहरूलाई एक आपसमा नजिक ल्याउन र सिर्जना गर्न सशक्त बनाउने टिकटकको प्रतिबद्धतालाई जोड दिन्छ।

५९.८ मिलियन पोस्टहरू जेनेरेट गर्दै तथा ६०२ बिलियन भ्युजहरू बटुल्दै टिकटक प्लेटफर्ममा सबैभन्दा छिटो बढ्दैगरेको विधाहरू मध्ये एक हो #kpop। यसमा पनि बीटीएस सबैभन्दा लोकप्रिय खाताहरू मध्ये एक भएकोले यो अनुभवले विश्वव्यापी टिकटक कम्युनिटीलाई एकसाथ जोड्ने विश्वास गरिएको बताइएको छ।

एकदशक अघि डेब्यु गरे देखिनै अनगिन्ति रेकर्डहरू तोड्दै BTS (@bts_official_bighit)ले आफूलाई २१औं शताब्दीको पपआइकनको रूपमा स्थापितगरेको छ भने टिकटकमा यो चौथो ठूलो कलाकार खाता समेत बनेको छ।

६५.५ मिलियनभन्दा बढी फलोअरहरू र १.४ बिलियन लाईकहरू सहित यससमूहसँग सम्बन्धित ह्यासट्यागहरूले ९४.१ मिलियन क्रियटर भिडियोहरूमा #btsर३३.४ मिलियनमा #bts_official_bighit ह्याशट्यागहरू देखाउँदै ठूलोइन्गेजमेन्ट जेनेरेट गरिरहेको छ।

जिमिनको सोलोकन्टेन्टले लाखौँ क्रियटर भिडियो र भ्युजहरूलाई प्रेरित गर्दै उनलाई ग्लोबल सुपरस्टारको रुपमा स्थापित गरेको छ।

#jimin सँगसम्बन्धित ह्यासट्यागहरू २२.९ मिलियनभन्दा बढी क्रियटर भिडियोहरूमा फिचर गरिएकोछ।

गतवर्ष आफ्नो पहिलो सोलो एल्बम फेस रिलिज गरेपछि जिमिनको #1गीत ‘Like Crazy’ ले तीन लाखभन्दा बढी क्रियटर भिडियोहरूलाई प्रेरित गर्‍यो र टिकटकमा पोस्ट गरिएको समूहको डान्सभिडियोलाई ३६.२ मिलियन पटक हेरिएको थियो भने यसमा ८.६ मिलियन भन्दा बढी लाइकहरू प्राप्त भएको थियो।

जिमिनले हालै म्युजबाट प्रि-रिलिज सोलो गीत “Smeraldo Garden Marching Band (feat. Loco)” को एउटा बिहाइन्ड द सिन भिडियो विशेष रुपमा शेयर गरेका थिए जसलाई ११ मिलियन प्रशंसकहरूले हेरेका छन् भने २.५ मिलियन लाइकहरू प्राप्त भएको छ।