टिकटक विश्वकै लोकप्रिय सामाजिक सञ्जाल हो । नेपालमा पनि टिकटक उत्तिकै लोकप्रिय छ ।
बच्चादेखि वृद्धसम्म टिकटकमै रमाइरहेका हुन्छन् । टिकटक रमाउने मात्रै नभएर सिक्ने थलोको रूपमा परिचित हुन थालेको छ । त्यसैको एक उदाहरण हो, ‘स्टिम’ फिचर ।
केही समय अगाडि प्रतिबन्धको सामना गर्नु परेको टिकटकले पछिल्लो समय नेपालमा कसरी काम गरिरहेको छ ? कार्यालय खोल्ने कुनै योजना छ कि छैन् ? नेपाली क्रियटर र व्यवसायलाई कसरी फाइदा पुर्याइरहेको छ ? लगायतका विषयमा टिकटकको दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदोस मोट्टाकिन आइसिटी समाचारले गरेको कुराकानी
नेपाली बजारको लागि टिकटकका प्राथमिक लक्ष्यहरू के के हुन् ? दक्षिण एसियाको समग्र रणनीतिमा नेपाल कत्तिको महत्त्वपूर्ण छ ?
नेपाल सम्भावनाले भरिएको देश हो । नेपालमा टिकटकको लोकप्रियता द्रुत रूपमा बढेको देख्दा उत्साहित छौं । नेपाली समुदायको सुरक्षालाई बलियो बनाउन गत एक वर्षदेखि टिकटकले नेपाल सरकारसँग नजिक भएर काम गरिरहेको छ ।
हाम्रो प्रयासलाई सरकारले पटक-पटक सराहना पनि गरेको छ । विश्वभरका बजारमा टिकटकलाई सुरक्षित वातावरणमा क्रियटिभिटी अभिव्यक्ति गर्ने प्लेटफर्मको रूपमा स्थापित गर्ने होम्रो लक्ष्य हो, नेपालमा पनि यही लक्ष्य छ ।
नेपालमा डिजिटल प्लेटफर्महरूको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै टिकटकले ‘अर्थपूर्ण प्रभाव’ पार्ने टुल र पहलहरू प्रदान गरेर क्रियटर, व्यवसाय र समुदायहरूलाई सपोर्ट गर्नेछ ।
नेपालमा आधिकारिक कार्यालय खोल्ने टिकटकको कुनै योजना छ ?
टिकटक विश्वव्यापी कम्पनी हो । क्षेत्रीय हबहरूमार्फत पनि टिकटकले विभिन्न बजारहरूलाई सपोर्ट गरिरहेको छ, जसमा नेपाल पनि समावेश छ ।
हालका लागि, नेपालमा स्थानीय कार्यालय स्थापना गर्ने टिकटकको कुनै योजना छैन । तर स्थानीयकरणमा हामीले जोड दिएका छौं । हाम्रो टिममा नेपाली संस्कृति, भाषा र सामाजिक मान्यताहरूलाई राम्रोसँग बुझ्ने क्षेत्रीय विज्ञहरू हुनुहुन्छ । नेपाली प्रयोगकर्ताहरूलाई विश्वको मापदण्ड र नेपालको सामाजिक मूल्यमान्यता अनुरूप सहयोग पुर्याउन प्रतिबद्ध छौं ।
त्यसबाहेक, हामी नेपालका कानुनहरूको पालना गर्ने प्रतिबद्धता छौं । हामी ‘सामाजिक सञ्जाल प्रयोग व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८०’ अन्तर्गत दर्ता पनि भएका छौं । साथै नेपाल सरकारलाई कर तिर्ने दायित्व पनि पूरा गरिरहेका छौं । करदातको रूपमा पनि टिकटक दर्ता भएको छ ।
टिकटकले डेटा गोपनीयता र कन्टेन्ट मोडरेसनमा कसरी काम गरिरहेको छ ?
टिकटकको प्राथमिकता सधैं प्रयोगकर्ताहरूलाई सुरक्षित, सकारात्मक र सिर्जनात्मक अभिव्यक्तिको अवसर दिने वातावरण निर्माण गर्नु हो । विश्वभर ४० हजार भन्दा बढी ट्रस्ट एन्ड सेफ्टी विज्ञहरू छन्, जसले समुदायको सुरक्षामा काम गर्दै आएका छन् ।
हाम्रो कम्युनिटी गाइडलाइनमा कुन प्रकारका कन्टेन्ट प्लेटफर्ममा पोष्ट गर्न पाइदैन् भनेर स्पष्ट रूपमा परिभाषित गरिएको छ ।
यी नियमहरू टिकटकका सबै प्रयोगकर्ताहरू तथा सबै सामग्रीहरूमा लागू हुन्छन् । टिकटकले प्रविधि र मोडेरेसन टिमको सहकार्यमा गाइडलाइन उल्लंघन गर्ने सामग्री वा अकाउन्ट पत्ता लगाउने, समीक्षा गर्ने र आवश्यक परे हटाउने कार्य गरिरहेको छ ।
नेपालमा पनि स्थानीय सन्दर्भ बुझ्ने विज्ञहरूसँग मिलेर काम गर्दै आएका छौं, जसले हाम्रो नीति, सेफ्टी प्रडक्ट विकास र सामग्री व्यस्थापनमा क्षेत्रीय सन्दर्भ जोड्ने काम गर्नुहुन्छ ।
यस बाहेक हामीले प्रयोगकर्ताहरूलाई धेरै नियन्त्रण, टुल र गोपनीयता सेटिङहरू प्रदान गर्दछौं, जसमा प्रयोगकर्ता, गैरसरकारी संस्था तथा सरकारी एजेन्सीहरूलाई कुनै पनि अनुपयुक्त सामग्री रिपोर्ट गर्न सजिलो हुने गरी रिपोर्टिङ संयन्त्रहरूको समेत व्यवस्था छ । साथै हाम्रो मोडरेसन अभ्यासहरू सांस्कृतिक रूपमा अलाइन र प्रभावकारी बनाउन स्थानीय विज्ञ र संस्थाहरूसँग पनि काम गर्दै आएका छौं ।
टिकटकमाथि नेपाल सरकारले ९ महिनासम्म प्रतिबन्ध लागेको थियो र त्यसपछि शर्तसहित प्रतिबन्ध फुकुवा भएको थियो । अहिले टिकटकले नेपाल सरकारसँग कसरी काम गरिरहेको छ ?
टिकटक, क्रियटिभिटी समुदायले सञ्चालित प्लेटफर्म हो, जसले विश्वसनीय आत्म-अभिव्यक्ति र मनोरञ्जनको अवसर दिन्छ । सुरक्षा टिकटकको सधैं प्राथमिकतामा छ । सुरक्षित वातावरण निर्माण गर्न हामी विश्वभरका सरकार तथा नियामक निकायहरूसँग निरन्तर संवाद गरिरहेका हुन्छौं ।
अनलाइन सुरक्षा, सामग्री नियमन, डेटा गोपनीयता र प्रयोगकर्ता सुरक्षा जस्ता सरोकारहरूलाई सम्बोधन गर्न टिकटकले नेपाल सरकारसँग खुला र रचनात्मक संवादलाई प्राथमिकता दिदै आएको छ । हाम्रो लक्ष्य भनेको सरकारसँग सहकार्य गर्दै टिकटकलाई सबै नेपाली प्रयोगकर्ताहरूको लागि सुरक्षित र जिम्मेवार प्लेटफर्म बनाउनु हो ।
हामी उचित माध्यम र कानूनद्वारा आवश्यक पर्ने ठाउँबाट आएका अनुरोधहरूको समीक्षा गर्छौं । जब सरकारहरूबाट यस्ता अनुरोधहरू प्राप्त हन्छन्, तब हाम्रो कम्युनिटी गाइडलाइन, सेवाका सर्तहरू र लागू हुने कानून अनुरूप सामग्रीको समीक्षा गर्छौं । सो अनुसार कारबाही पनि गर्छौं ।
हामीलाई प्राप्त भएका अनुरोधले हाम्रो मानक कम्युनिटी गाइडलाइनमा तोकिएका हाम्रा मापदण्डहरू उल्लङ्घन गर्दैन तर लागू हुने कानूनको उल्लङ्घन गर्छ भने गैरकानूनी मानिने ठाउँमा रिपोर्ट गरिएको सामग्रीको उपलब्धतालाई प्रतिबन्धित गर्न सक्छौं ।
यदि अनुरोधले कानुनी रूपमा मान्य छैन वा यसले हाम्रो कम्युनिटी गाइडलाइन, सेवाका सर्तहरू वा लागू हुने कानूनको उल्लङ्घन गरेको छैन् भने हामी कुनै कारबाही गर्दैनौं ।
अहिले सामाजिक सञ्जालबाट भ्रामक सूचना प्रवाह हुने घटना बढिरहेका छन् । यस्तो अवस्थामा भ्रामक सूचना रोक्न टिकटकले के के गरिरहेको छ ?
विश्वसनीय सामग्रीको पहुँच पाउने सुरक्षित र भरपर्दो डिजिटल क्षेत्र बनाउन टिकटक सधैं प्रतिबद्ध छ । हानीकारक भ्रामक सूचनासँग लड्न टिकटकको कम्युनिटी गाइडलाइनले ठूलो भूमिका खेल्छ ।
गाइडलाइन उल्लङ्घन गर्ने सामग्री हटाउने, खोज परिणामहरूलाई आधिकारिक स्रोतहरूमा रिडिरेक्ट गर्ने र अप्रमाणित जानकारीको भेटाउन कम गर्ने जस्ता विभिन्न पद्धित अपनाएका छौं । यो यसले प्लेटफर्मलाई हानिकारक गलत जानकारीबाट मुक्त र सुरक्षित स्थानको सुनिश्चितता गर्दछ ।
गलत सूचना विरुद्ध लड्न टिकटकले अन्तर्राष्ट्रिय फ्याक्ट चेकिङ नेटवर्कबाट मान्यता प्राप्त तथ्य-जाँचकर्ताहरूसँग सहकार्य गरिरहेको छ । यी साझेदारीहरूले टिकटकलाई सम्भावित गलत सूचना पहिचान गर्न, त्यसमा कारबाही गर्न र यसको समुदायसँग सही जानकारी साझा गर्न सघाउने गरेका छन् ।
टिकटकका तथ्य जाँचक साझेदारहरूले प्लेटफर्ममा सामग्रीलाई मोडरेट भने गर्दैनन् तर तिनीहरूको मूल्याङ्कनले बहुमूल्य इनपुट प्रदान गर्दछ । यसले गर्दा टिकटकलाई कम्युनिटी गाइडलाइन अनुसार आवश्यक ‘एक्सन’ लिन सहयोग पुग्छ । नेपालमा, हाम्रो तथ्य-जाँच साझेदार न्युजचेकर हो ।
टिकटकको रणनीतिमा प्रयोगकर्ताको जागरूकता बढाउने र प्लेटफर्मको निष्ठा कायम राख्ने तथा नवीन उत्पादन सुविधाहरू समावेश गर्ने रहेको छ । टिकटकमा सुव्यवस्थित रिपोर्टिङ टुल छन्, जसबाट प्रयोगकर्ताहरूले सम्भावित भ्रामक सामग्री सजिलै पहिचान गर्न र रिपोर्ट गर्न सक्छन् । यो प्रयोगकर्ता-केन्द्रित तरिकाले सतर्क र जिम्मेवार समुदायलाई बढावा दिन्छ ।
नेपाली क्रियटरहरूले वृद्धि, भिजिबिलिटी र करियर विकासलाई सहयोग गर्न टिकटकले के के पहलहरू ल्याएको छ ?
नेपाली क्रियटरहरूलाई ग्रो, भिजिबिलिटी र क्रियटर इकोनोमी भित्र दिगो करियर बनाउन आवश्यक पर्ने टुल, स्रोतसाधन र अवसरहरू प्रदान गर्न टिकटक प्रतिबद्ध छ । हामीले शैक्षिक स्रोत, मेन्टरसीप कार्यक्रम र फेलो क्रियटरसँग सहकार्यको अवसर सिर्जना गर्ने काम पनि गरिरहेका छौं ।
नेपालमा लागेको प्रतिबन्ध हटाइएपछि सुरक्षा शिक्षालाई प्राथमिकतामा राख्दै, साइबर बुलिङ, डेटा गोपनीयता, र प्रयोगकर्ता सुरक्षा लगायतका विषयमा क्रियटर र कम्युनिटीका लागि डेडिकेटेड सचेतना कार्यक्रमहरू आयोजना गरेका छौं ।
त्यस्तै साना तथा मध्यम व्यवसाय सञ्चालन गर्ने क्रियटरहरूलाई समेत टिकटक मास्टरक्लास आयोजना गरेका थियौं । यसले उनीहरूको व्यवसाय बढाउन मद्दत गर्नेछ । डिजिटल व्यापार वृद्धि गर्न मद्दत पुर्याउने छ ।
यी पहलहरूबाट टिकटकले नेपाली क्रियटर समुदायलाई सहयोग र उत्थान गर्न प्रयास जारी राखेको छ । शिक्षा, पर्यटन, खेलकुद लगायत अन्य धेरै क्षेत्रहरूमा नेपालको कन्टेन्ट ल्याण्डस्केपलाई विविधिकरण गर्नका लागि क्रियटरहरूसँग नजिकबाट काम गर्ने लक्ष्य छ ।
नेपालमा कन्टेन्ट क्रियटरको उद्योग पनि विगत केही वर्षहरूमा द्रुत गतिमा बढेको छ । ब्रान्डहरूले पनि आफ्ना उत्पादनहरूको प्रचार गर्न कन्टेन्ट क्रियटरसँग काम गर्न थालेका छन् । क्रियटिभ कन्टेन्ट क्रियटरहरूलाई प्लेटफर्ममा ल्याएर टिकटक यस परिवर्तनको केन्द्रबिन्दुमा छ । यसले कन्टेन्ट क्रियटरहरूलाई ब्रान्ड साझेदारी मार्फत आफ्नो सामग्री मोनिटाइज गर्ने धेरै अवसरहरू खोलेको छ ।
किशोरकिशोरीहरूको गोपनीयता र सुरक्षाका लागि टिकटकले कस्ता उपायहरू अपनाएको छ ?
हामी सुरक्षित र उमेर अनुकूल अनुभव प्रदान गर्न प्रतिबद्ध छौं । किशोरकिशोरीहरूका लागि सुरक्षित वातावरण सिर्जा गर्न विभिन्न फिचरहरू ल्याएका छौं । १६ वर्ष मुनिका खाता स्वचालित रूपमा प्राइभेट हुन्छ । उनीहरूले सिधैं म्यासेजको पहुँच पनि पाउँदैनन् ।
यस्तै १८ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई स्क्रीन टाइम सीमा प्रतिदिन ६० मिनेट तोकिएको छ भने लाइभस्ट्रिम पनि गर्न पाउँदैनन् । कुनै पनि आर्थिक करोबार हुँधेन् ।
यस्तै १६ वर्ष भन्दा कमका प्रयोगकर्तालाई सुरक्षाका लागि डुयट, स्टिच गर्न नसक्ने, उनीहरूको भिडियो डाउनलोड गर्न नसकिने, कुनै पनि आर्थिक कारोबार गर्न पाउने जस्ता सुविधा छन् ।
अभिभावकहरूले आफ्नो खाता किशोरकिशोरीहरूको खातासँग जोडेर सुरक्षा सेटिङहरू नियन्त्रण गर्न सक्छन् । किशोरकिशोरीहरूको लागि छुट्टै सुरक्षा जानकारी दिने सेफ्टी सेन्टर समेत रहेको छ ।
कन्टेन्ट तहमा पनि परिपक्व वा जटिल विषयवस्तु भएको केही सामग्री किशोरकिशोरी दर्शकहरूसम्म पुग्न नदिने उद्देश्यसहित सिस्टम डिजाइन गरिएको छ ।
परिपक्व वा जटिल विषयवस्तु भएको सामग्री पत्ता लागेपछि १८ वर्षमुनिका प्रयोगकर्ताहरूले हेर्न नपाउने गरी सिस्टम डिजाइन गरिएको छ । उदाहरणका लागि किशोरकिशोरीहरूका लागि डर लाग्दो काल्पिक दृश्यहरू भएका भिडियोहरू ।
नेपालका लागि टिकटकका दीर्घकालीन रणनीतिहरू के के छन् ? नेपालको डिजिटल रूपान्तरण तथा सांस्कृतिक परिदृश्यमा कसरी योगदान पुर्याइरहेको छ ?
टिकटक एक मनोरञ्जन प्लेटफर्म हो, जसले आफ्ना प्रयोगकर्ताहरूलाई विभिन्न विधाहरूमा सामग्री प्रदान गर्दछ । हामी टिकटकमा उपलब्ध विविध सामग्रीप्रति गर्व गर्छौं । नेपालमै पनि, हजारौं क्रिएटर्सले खेलकुद, खाना, शिक्षा, डीवाईआई, संगीत, प्रविधि र अन्य थुप्रै विधामा सामग्री बानइरेहका छन् । अझै हामी टिकटकले प्रदान गर्ने सामग्रीको प्रकार विस्तार गर्न विभिन्न संस्थाहरूसँग साझेदारी गर्ने अवसरहरू खोज्दै छौं ।
टिकटकले क्रियटरहरूलाई सशक्त बनाएर रचनात्मकतालाई बढावा दिदै नेपालको डिजिटल रूपान्तरणमा सकारात्मक योगदान पुर्याउने लक्ष्य राखेको छ । हामी उदाउँदै गरेको नेपालको डिजिटल इकोसिस्टमलाई सपोर्ट गर्न प्रतिबद्ध छौं ।
टिकटकले सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्न, स्थानीय व्यवसायहरूलाई सपोर्ट गर्न र नेपाली प्रतिभालाई विश्व मञ्चमा प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने हाम्रो विश्वास छ । अभिव्यक्तिका लागि एक गतिशील र समावेशी ठाउँ प्रदान गरेर, हामी क्रियटर, उद्यमी र समुदायहरूलाई समृद्ध बनाउन मद्दत गर्न चाहन्छौं ।
प्रयोगकर्ताको सुरक्षा र गोपनीयतालाई पनि उत्तिकै प्राथमिकता दिनेछौं । हाम्रो लक्ष्य नेपालको डिजिटल भविष्यमा अर्थपूर्ण योगदान दिने हो । यसले टिकटकलाई नवीनता, सम्बन्ध, र सांस्कृतिक उत्सवको मञ्चको रूपमा स्थापित गराउन सहयोग गर्नेछ ।
टिकटकले नेपालका लागि कुनै नयाँ प्रविधि वा विशेष सुविधा ल्याउने केही योजना बनाएको छ ?
हामीले गर्ने हरेक कामको केन्द्रमा नवप्रवर्तन हुन्छ । प्रयोगकर्ताहरूको लागि अझ संलग्न, सिर्जनात्मक र सुरक्षित बनाउन निरन्तर नयाँ सुविधाहरू र सुधारहरू प्रस्तुत गर्दै जानेछौं । इन्नोभेसनप्रतिको हाम्रो प्रतिबद्धताले टिकटकलाई व्यक्त गर्ने, अरूसँग जोडिने र व्यक्तिगत अनुभवको रूपमा प्रयोग गर्न सक्ने छन् ।