कीवर्डहरू -

नेपालमा अब टिकटकबाटै बाढीको सही सूचना पाइने, एपभित्रै विपद् पोर्टल एकीकृत

नेपालमा अब टिकटकबाटै बाढीको सही सूचना पाइने, एपभित्रै विपद् पोर्टल एकीकृत

नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोको प्रतिक्रियास्वरूप, टिकटकले प्रयोगकर्ताहरूलाई समयमै सही सूचनाको पहुँच सुनिश्चित गर्न इन-एप फिचर सुरु गरेको छ । 

टिकटकले अब नेपाली र अंग्रेजी दुवै भाषामा बाढीसँग सम्बन्धित किवर्डहरू खोज्ने प्रयोगकर्ताहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलमा लैजाने छ । 

टिकटकले एपभित्रै विपद् पोर्टलको साइटलाई एकीकृत गरेको छ । एपमा बाढीसँग सम्बन्धित सामग्री खोज्दा ‘सेफ्टी इन नेचुरल डिजास्टर’ भन्ने अप्सन देखिने छ । त्यसमा क्लिक गरेपछि ‘अथोरिटेटिभ सोर्स’ मा क्लिक गरेपछि सिधैं विपद पोर्टलको ड्यासबोर्ड देखाउने छ । 

यसबाहेक, व्यक्तिगत र सामुदायिक सुरक्षाको बारेमा थप जानकारी र सुझावहरूका लागि, प्रयोगकर्ताहरूले ट्राजिक सेफ्टी केन्द्रमा गएर सुरक्षासम्बन्धि जानकारी पाउन सक्ने छन् । 

इन-एप पहलहरूले प्रयोगकर्ताहरूले प्रत्यक्ष रूपमा विश्वसनीय स्रोतहरूबाट प्रमाणित अपडेटहरु र निर्देशनहरू प्राप्त गरी प्राकृतिक प्रकोपको समयमा सुरक्षा सुनिश्चित गर्ने टिकटकको भनाइ छ । 

बिशेषत: आपतकालिन अवस्थामा, भ्रम वा सम्भावित खतरा निम्त्याउन सक्ने गलत सूचनाको प्रसारलाई न्यूनीकरण गरेर प्रयोगकर्ताहरूको सुरक्षालाई प्राथमिकता दिने टिकटकले प्रतिबद्धता जनाएको छ । 

टिकटकको यस पहलले सरकारलाई विपद् जोखिम र तयारी रणनीतिहरू प्रभावकारी रूपमा सञ्चार गर्न मद्दत गर्दै जनताको हितको लागि एक महत्पूर्ण उपकरणको रूपमा रूपमा काम गर्ने बताइएको छ ।

सरकारसँग सहकार्य गर्दै प्रयोगकर्ताहरूलाई आवश्यक जानकारीसँग जोडेर मनोरञ्जन एप मात्र नभएर सूचित, सुरक्षित र सशक्त राख्नको लागि पनि प्रतिबद्ध रहेको टिकटकको दाबी छ ।