कीवर्डहरू -

जन्मिदै आँखा नदेख्ने व्यक्तिलाई अब न्यूरालिकंले दृष्टि प्रदान गर्ने

जन्मिदै आँखा नदेख्ने व्यक्तिलाई अब न्यूरालिकंले दृष्टि प्रदान गर्ने

टेस्लाका सीईओ एलन मस्कको ब्रेन–चिप स्टार्टअप कम्पनी न्यूरालिकंले यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) बाट परीक्षणात्मक इम्प्लान्ट डिभाइसको लागि स्वीकृति पाएको छ । यसले दुवै आँखा र अप्टिक नस गुमाएका व्यक्तिलाई पनि देख्न सक्षम बनाउनेछ ।

अर्थात् यो डिभाइसको मद्दतले ती व्यक्तिहरूले पनि देख्न सक्नेछन्, जसको आँखाले काम गर्न छोडेको छ । यदि यो सफल भयो भने यसलाई मानव जातिका लागि ठूलो उपलब्धि हुनेछ ।

यदि भिजुअल कोर्टेक्स ठीक छ भने यो जन्मदेखि नै आँखा नदेख्ने  व्यक्तिहरूलाई पनि पहिलो पटक देख्नको लागि अवसर दिनेछ । 

यो डिभाइस अमेरिकी विज्ञान–फिक्सन टिभी सिरिज ’स्टार ट्रेकः द नेक्स्ट जेनरेशन’ का पात्र जिओर्डी ला फोर्ज जस्तै हुने मस्कले जानकारी दिएका छन् । 

एलन मस्कले जिओर्डी ला फोर्जको तस्बिर पनि सेयर गरेका छन् । जिओर्डी ला फोर्ज एक यस्तो पात्र हो जसले सिरीजभरि जन्मदेखि नै दृष्टि गुमाएको हुन्छ, तर एउटा उपकरणको सहयोगमा देख्न सक्षम हुन्छ ।

एफडीएको स्वीकृतिको पुष्टि गर्दै न्यूरालिंकले भनेको छ कि ब्लाईण्डसाईटले अमेरिकी सरकारी निकायबाट 'ब्रेकथ्रू डिभाइस पदनाम' प्राप्त गरेको छ । न्यूरालिंकको ब्लाईण्डसाईट डिभाइसले दुबै आँखा र अप्टिक नस गुमाएका व्यक्तिलाई पनि देख्न सक्षम बनाउनेछ ।