कीवर्डहरू -

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्टको आज अन्तिम दिन, निःशुल्क अवलोकन गर्न सकिने

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्टको आज अन्तिम दिन, निःशुल्क अवलोकन गर्न सकिने

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ शुक्रबार पनि सञ्चालन हुँदैछ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने फेस्टको निःशुल्क अवलोकन गर्न सकिने छ । 

शुक्रबारसम्म चल्ने फेस्टमा सातै प्रदेशका १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरू प्रदर्शनीमा राखिएको छ । यस बाहेक रकेट साइन्स एक्जिबिसन, स्टिम क्याप र रोबोटिक प्रतिस्पर्धा समेत भइरहेको छ ।रोबोटिक प्रतिस्पर्धाका विजेतालाई पुरस्कार समेत प्रदान गरिने छ । 

आइसिटी अवार्ड २०२४ को प्रि-इभेन्टको रूपमा आयोजना भएको फेस्टमा सातै प्रदेशबाट छनौट गरेर ल्याइएका ३० बढी स्टार्टअपका साथै आइसिटी अवार्ड २०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्नोभेसनहरू प्रदर्शनीमा रहेका छन् ।

null

कार्यक्रमले डिजिटल स्टार्टअप तथा इन्नोभेसनहरूको नेटवर्किङ, प्रवर्द्धन र थप परिस्कृत गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । सूचना प्रविधिमा रूची राख्ने वा यस क्षेत्रमा काम गरिरहेका जो कोहीले पनि फेस्टको अवलोकन गर्न सक्ने छन् । फेस्टको पहिलो दिन डिजिटल इन्नोभेसनहरूलाई अवलोकनकर्ताको भीड रहेको छ । 

फेस्टमा सहभागी हुनुभन्दा अगाडि सातै प्रदेशका स्टार्टअप र आइसिटी अवार्डका सेमिफाइनलिष्टहरूलाई मेन्टरिङ, बुटक्याम्प र इण्डष्ट्री भिजिट जस्ता कार्यक्रम सञ्चालन भइसकेका छन् ।

सातै प्रदेशबाट छनौट गरिएको ल्याइएका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिने छ । अवार्डको ग्राण्ड फिनाले आगामी पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा आयोजना हुँदैछ । 

अहिले आइसिटी अवार्ड २०२४ को लागि विभिन्न १४ विधामा छनौट प्रकृया सञ्चालन भइरहेको छ । फेस्टमै अवलोकनकर्तालाई अवार्डको स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसन विधाका मन परेका सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने व्यवस्था समेत गरिएको छ ।

null

लिभिङ विथ आइसिटीको आयोजना र द स्क्वाइड अफ चेन्जमेकरको सह-आयोजनामा भएको स्टार्टअप एण्ड आईडिया फेस्टलाई टेकस्पायर कलेजले शीर्ष प्रायोजन गरेको छ भने डिजिटल डिभाइडमा काम गर्दै आएको  संस्था एनसेल फाउन्डेसनले पनि सहकार्य रहेको छ । 

त्यसैगरी कार्यक्रमलाई स्मार्टन टेक्नोलोजीज, इन्जिनियरिङ भ्गल्स, राष्ट्रिय वाणिज्य बैंक, एमआईटी कलेज, हाम्रो पे, मेन्टरल्याब, एम्बिसन गुरू, ब्रोडवे इन्फोसिस, टेक्नोरियो, कान्तिपुर टिभी, किङ्ग्स कलेज, स्काई ब्रोडब्याण्ड, पाइला टेक्नोलोजी, रूटिन अफ नेपाल बन्द लगायतका संघ संस्थाको सहयोग तथा सहकार्य रहेको छ ।