नेपालमा ओपन-सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवर्द्धनका लागि उबुन्टु नेपाल र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बीच औपचारिक साझेदारी भएको छ ।
आइतबार राजधानी काठमाडौमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको उब-(कन एशिया २०२५ (UbuCon Asia 2025) सम्मेलन आगामी भदौ १३–१४ (अगस्ट ३०–३१) मा आयोजना हुने हुने उल्लेख गरिएको छ ।
सो अवसरमा दुवै संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। उबुन्टु नेपालका तर्फबाट आदित्य सिंह र सीएसआरआईका तर्फबाट डा. शालिग्राम पराजुली अध्यक्ष तथा डा. भोजराज घिमिरे महासचिवले हस्ताक्षर गरेका हुन्। सीएसआरआईका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा यस पहलको सुरुवात गरिएको हो ।
यो समझदारी र सहकार्य केवल सम्मेलन आयोजनासम्म सीमित नभइ नेपालको सूचना प्रविधि क्षेत्रको दीर्घकालीन विकास र ओपन-सोर्स र साइबर सुरक्षा क्षेत्रको सुदृढीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ । सम्मेलनमा अब सीएसआरआई ‘कम्युनिटी पार्टनर’ को रूपमा रहने छ ।