कीवर्डहरू -

भूमिगत विद्युत वितरण प्रणाली परीक्षण हुँदै, पोलबाट इन्टरनेट केबल लगायतका संरचना हटाउन अनुरोध

भूमिगत विद्युत वितरण प्रणाली परीक्षण हुँदै, पोलबाट इन्टरनेट केबल लगायतका संरचना हटाउन अनुरोध

काठमाडौंमा विभिन्न स्थानमा भूमिगत विद्युत वितरण प्रणाली निर्माण सम्पन्न भएपछि नेपाल विद्युत प्राधिकरणले इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाउन अनुरोध गरेको छ ।

प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत वितरण प्रणालीमध्ये पेप्सीकोला-जडीबुटी, लैनचौर-नारायणगोपाल चोक, चुच्चेपाटी-चाबहिल-मित्रपार्क, कलंकी-त्रिपुरेश्वर, कालीमाटी-बल्खु, कीर्तिपुर-रिङरोड र सामाखुशी टाउन प्लानिङमा उक्त भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रै सञ्चालनमा ल्याउन लागेको छ ।

त्यसैकारण उल्लिखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युतका पोलहरू क्रमैसँग हटाइने भएकोले उपरोक्त स्थानहरूमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक गर्न विद्युत प्राधिकरणले अनुरोध गरेको छ । 

तोकिएको अवधिभित्र प्राधिकरणको पोलमा जडित इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामेरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू नहटाएमा प्राधिकरणले पोल लगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने समेत बताइएको छ । 

null