कीवर्डहरू -

भाषा मोडेललाई प्रशिक्षण दिन च्याटजीपीटीको प्रयोग गर्दै बाइटडान्स, अकाउन्ट प्रतिबन्धित

भाषा मोडेललाई प्रशिक्षण दिन च्याटजीपीटीको प्रयोग गर्दै बाइटडान्स, अकाउन्ट प्रतिबन्धित

ओपन एआइको एआइ च्याटबट च्याटजीपीटीले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स चोरी समातिएको छ ।

रिपोर्टका अनुसार बाइटडान्सले आफ्नो ठूलो भाषा मोडेल (एलएलएम) लाई तालिम दिन गोप्य रूपमा ओपनएआइको च्याटटूल प्रयोग गरिरहेको थियो । बाइटडान्सले यसको लागि ओपनएआइ एपिआइ प्रयोग गरिरहेको थियो ।

बाइटडान्सको यस एआई च्याटटुलको प्रोजेक्टलाई प्रोजेक्ट सीड नाम दिएको थियो । यस गोप्य परियोजनाको लागि च्याटजीपीटीको प्रयोगको बारेमा रिपोर्ट पछि, बाइटडान्सले अरु कुनै बयान दिएको छैन् ।

चोरी पत्ता लागेपछि, ओपनएआइ्ले बाइटडान्सको च्याटजीपीटी अकाउन्ट ब्लक गरेको छ । ओपनएआईले यसबारे पनि अनुसन्धान गरिरहेको जनाएको छ । यदि नीति उल्लङ्घनको कुनै मुद्दा छ भने, बाइटडान्सले अदालत जानु पर्ने हुन सक्छ ।

बाइटडान्सले आफ्नो एआई मोडल विकास गर्दा माइक्रोसफ्ट र ओपनएआई दुवैको विकासकर्ता लाइसेन्सको उल्लङ्घन गरेको भनिएको छ ।

यही वर्ष जुनमा बाइटडान्सले आफ्ना कर्मचारीहरूका बीचमा एआई च्याटटूलको परीक्षण गरिरहेको रिपोर्ट आएको थियो । चीनको अलिबाबा ग्रुपले पनि एआइ च्याटटूल निर्माण गरिरहेको छ ।