कीवर्डहरू -

जेनेरेटिभ एआईको युगमा डिजिटल मार्केटिङ भन्ने विषयमा सोमबार निःशुल्क वर्कशप हुँदै

जेनेरेटिभ एआईको युगमा डिजिटल मार्केटिङ भन्ने विषयमा सोमबार निःशुल्क वर्कशप हुँदै

आइटी प्रशिक्षण दिने कम्पनी स्कील स्पार्कले 'डिजिटल मार्केटिंग इन द एज अफ जेनेरेटिभ एआई विषयमा निःशुल्क वर्कशप आयोजना गर्ने भएको छ । फेब्रुअरी पाँच अर्थात सोमबार हुने यो वर्कशप दिउँसोको २ बजेदेखि ४ बजेसम्म चल्नेछ ।

शंखमल टावरको छैठो तल्लामा रहेको  स्कील स्पार्कको अफिसमा वर्कशप सञ्चालन हुनेछ । वर्कशपको  प्रमुख प्रशिक्षकको रूपमा डिजिटल मार्केटर प्रमेश श्रेष्ठ रहेका छन् । 

जेनेरेटिभ एआइ र डिजिटल मार्केटिंग रणनीति बिचको सम्बन्धलाई वर्कशपमा जानकारी दिइने स्कील स्पार्कले जनाएको छ । यसका लागि सिट सिमित भएकाले सहभागी हुन् चाहनेहरुले यहाँ क्लिक गरी रजिष्टर गर्न सकिने छ ।