कीवर्डहरू -

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा चयन

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा चयन

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । कम्पनीको २ सय ४६ औं संञ्चालक समितिको बैठकबाट उनलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।

शुक्रबारको औपचारिक कार्यक्रममा उनले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।

विश्रुत थापाको केन्द्रिय बैंकको विभिन्न विभागमा २१ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ भने उनी चार्टर्ड एकाउन्टेन्ट हुन् ।

नेपाल क्लियरिङ हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।