कीवर्डहरू -

वान प्वाइन्ट फाइनान्सियलले आईएमई लिमिटेडलाई रेमिट स्विच उपलब्ध गराउने

वान प्वाइन्ट फाइनान्सियलले आईएमई लिमिटेडलाई  रेमिट स्विच उपलब्ध गराउने

आईएमई  र बैंक तथा वित्तीय संस्थालाई 'एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस' उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबिच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच समझदारी भएको छ ।

समझदारी पत्रमा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  खिलेन्द्र पौडेल  र  वान प्वाइन्टका प्रमुख कार्यकारी अधिकृत श्रीप्रताप श्रेष्ठले  हस्ताक्षर गरेका छन् । सो सम्झौता अनुसार आईएमई लिमिटेडलाई वान प्वाइन्टले  रेमिट स्विच प्रदान गर्नेछ  ।

अन्तर्राष्ट्रिय स्तरमा भइरहेको अभ्यास अनुसार, सबै आन्तरिक र बाह्य प्रणालीको एकीकरणलाई सरल बनाउन सोही रेमिट स्विच मार्फत  ओपन एपिआइ स्ट्याण्डर्ड फलो गरिने सम्झौतामा उल्लेख छ । आईएमई लिमिटेड मार्फत  प्रदान गरिने  एपिआइको परीक्षण  तथा एकीकरण गर्न आन्तरिक र बाह्य साझेदारहरूको लागि खुला परीक्षणको वातावरण समेत पनि प्रदान हुने जनाइएको छ  ।

अन्तर्राष्ट्रिय बजारमा मात्र अभ्यासमा आएको  ओपन एपिआइ स्ट्याण्डर्ड  प्रणालीलाई नेपालमा पहिलो पटक आईएमई वान प्वाइन्टसँगको सहकार्यमा सुरु गरेको हो । यस मार्फत एपिआइ इण्टिग्रेसनमा जान चाहने आन्तरिक र बाह्य साझेदारहरू आफै सिस्टम इन्टिग्रेशन  प्रक्रियामा अगाडी बढ्न सक्ने छन् ।