कीवर्डहरू -

एसईई पछिको खाली समयमा आईटीका सीप सिक्न चाहनुहुन्छ ? यी हुन सक्छन् उपयोगी कोर्ष

एसईई पछिको खाली समयमा आईटीका सीप सिक्न चाहनुहुन्छ ? यी हुन सक्छन् उपयोगी कोर्ष

एसईई परीक्षा सकेपछि धेरैजसो विद्यार्थीहरू अब कुन विषय पढ्ने भन्ने अन्योलमा हुन्छन् । अहिलेको युग डिजिटल प्रविधिको युग हो । एसईई पछि आईटी रोज्दा आफूलाई धेरै हिसाबले अरूभन्दा एक कदम अगाडि राख्न सकिन्छ । 

कम उमेरमा प्रविधिको ज्ञान सिक्दा भविष्यमा भविष्यमा प्रोग्रामिङ भाषा र प्राविधिक विषयहरू सजिलै बुझ्न सकिन्छ । एसईई पछिको खाली समयमा आईटी तालिम लिँदा धेरै अवसरका ढोका खुल्न सक्छन् । 

आईटी क्षेत्र विश्वमा सबैभन्दा छिटो रूपमा वृद्धि भइरहेको क्षेत्र हो । यसमा वेब डेभलपमेन्ट, सफ्टवेयर इन्जिनियरिङ, डिजिटल मार्केटिङ, साइबर सुरक्षा, कृत्रिम बौद्धिकता जस्ता धेरै करियर विकल्पहरू छन् । यी यस्ता सीप हुन, जुन विश्वका हरेक संस्थालाई आवश्यक पर्छ । 

null

अहिलेको फुर्सदिलो समयमा आईटी अध्ययन गर्दा व्यावहारिक फाइदा मिल्छ । जब तपाईं प्लस टु, कलेज वा विश्वविद्यालयमा अध्ययन सुरु गर्नुहुन्छ, तपाईं पहिल्यै कम्प्युटर सफ्टवेयर र प्रोग्रामिङ भाषाहरूसँग परिचित भइसकेका हुनुहुनेछ । यसले तपाईंलाई अध्ययनमा अझै अगाडि बढाउन सहयोग गर्नेछ ।

आईटीलाई प्रारम्भिक चरणमै अध्ययन गर्दा आर्थिक रूपमा पनि ठूलो फाइदा हुन्छ । तपाईं स्कूलकै समयमा फ्रिलान्सिङ वा आंशिक समयका प्रोजेक्टहरू गरेर आम्दानी गर्न सक्नुहुन्छ, जसले तपाईंलाई सानै उमेरमा आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग गर्नेछ । तपाईं जे पेशा रोज्नुहोस्, आईटी सीप सधैं काम लाग्छ । संसार डिजिटल युगमा छ र हरेक पेशामा प्रविधिको प्रयोग हुन्छ, त्यसैले तपाईंको आईटी ज्ञान कहिल्यै खेर जाँदैन ।

null

एसईई पछि यो विदामा प्रोग्रामिङ, साइबर सुरक्षा, एआई, डिजिटल मार्केटिङ, भिडियो एडिटिङ, ग्राफिक्स डिजाइन लगायतका विभिन्न आईटीका सीप सिक्न सक्नुहुन्छ । यी सीप सिकेर तपाई यही क्षेत्रमा जागिर गर्न वा उद्यमी यात्रा पनि सुरू गर्न सक्नुहुन्छ ।

आईटी अध्ययनले तपाईंमा समस्या समाधान गर्ने सीप, तर्कशक्ति र विश्लेषण क्षमता विकास गर्छ, जुन तपाईंको पेशागत जीवन, शैक्षिक यात्रा र व्यक्तिगत जीवनमा समेत महत्त्वपूर्ण सावित हुन्छ ।
यदी तपाई एसईई दिएर बस्नु भएको छ भने आईटीका सीप सिक्न चाहनुहुन्छ भने विगत १ दशकदेखि आइटी ट्रेनिङ प्रदान गर्दै आइरहेको संस्था ब्रोडवे इन्फोसिस उपयोगी हुन सक्छ ।

अनुभवी प्रशिक्षकहरू र प्रोजेक्टमा आधारित सिकाइ प्रणालीमार्फत, तपाईंले गुणस्तरीय अध्ययनको अनुभव लिन सक्नुहुन्छ । साथै एसईई दिएका विद्यार्थीलाई हरेक कोर्षमा २४ प्रतिशत छात्रवृत्ति समेत पाइने छ । 

(लेखक नीतिन राज शर्मा ब्रोडवे इन्फोसिसका सिनियर डिजिटल मार्केटिङ प्रशिक्षक हुन् ।)