कीवर्डहरू -

कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्रीमा लाइक, कमेन्ट, ट्याग र रिपोष्ट गरे कारवाहीको चेतावनी

कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्रीमा लाइक, कमेन्ट, ट्याग र रिपोष्ट गरे कारवाहीको चेतावनी

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा कसैप्रति घृणा वा द्वेष फैलाउने, विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरूमा लाईक गर्ने, ट्याग गर्ने, कमेन्ट गर्ने र रि-पोस्ट गरे कारवाही गर्ने चेतावनी दिएको छ । 

विगत केही समय देखि विभिन्न सामाजिक सञ्जालहरू र विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, लाईक गर्ने, टेग गर्ने, कमेन्ट गर्ने र रि-पोस्ट गर्ने जस्ता गतिविधि बढी रहेको भन्दै ब्यूरोले कारवाहीको चेतावनी दिएको हो । 

तसर्थ प्रचलित कानूनले बन्देज गरेका यस्ता गतिविधी नगर्न/नगराउन हुन् साइबर ब्यूरो सबैमा अनुरोध गर्दछ । साथै कानूनको उल्लंघन हुने कुनै गतिविधी भए गरेको पाईएमा बिद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गरिने ब्यूरोको भनाइ छ । 
null