कीवर्डहरू -

ओटीपी भनेको के हो? कसरी जेनेरेट गर्ने? यसका फाइदाहरु

ओटीपी भनेको के हो? कसरी जेनेरेट गर्ने? यसका फाइदाहरु

तपाइँ जब अनलाइन बैंकिङ वा वित्तीय वेबसाइटमा लगइन गर्नुहुन्छ वा कुनै महत्त्वपूर्ण वेबसाइटमा अकाउन्ट सिर्जना गर्नुहुन्छ, तपाइँलाई प्रमाणीकरणको लागि ओटीपी पठाइन्छ, त्यसपछि मात्र तपाइँ अकाउन्ट बनाउन सक्नुहुन्छ ।

आजको लेखमा हामीले तपाईंलाई ओटीपी बारे जानकारी दिदै छौं । जसमा ओटीपी भनेको के हो? ओटीपी को पूरा रूप के हो ? ओटीपी किन प्रयोग गरिन्छ? यो सुरु हुनु पछाडिको उद्देश्य ? ओटीपी कसरी जेनेरेट गर्ने आदि बारे जानकारी दिने छौँ । 

ओटीपी भनेको के हो?

ओटीपीको पूरा रूप वान टाइम पासवर्ड हो अर्थात तपाईंले कुनै पनि बैंकमा कुनै पासवर्ड सेट गर्दा ओटीपी तपाईंको मोबाइलमा आउँछ र तपाईंले खाली बाकसमा अर्को पासवर्ड न भर्दासम्म यो प्रमाणीकरण हुँदैन् । ओटीपी  सामान्यतया ६ अंकको हुन्छ ।

यसबाहेक, यदि तपाइँ कुनै पनि अनलाइन भुक्तानी गर्नुहुन्छ भने, लेनदेन पूरा गर्नका लागि तपाइँको मोबाइलमा ओटीपी आउँछ, यसलाई भरेपछि मात्र तपाइँको भुक्तानी पूरा गर्न सकिन्छ । यदि तपाइँ यहाँ गलत ओटीपी  इन्टर गर्नुहुन्छ भने, तपाइँको भुक्तानी प्रोसेस हुनेछैन्, त्यसैले ओटीपीको अनलाइन ट्रान्ज्याक्सन गर्नका लागि विशेष महत्व छ ।

यो बिना, तपाईंले अनलाइनमा पैसा ट्रान्ज्याक्सन गर्न सक्षम हुनुहुने छैन् । यदि तपाईंले इसेवा, खल्ती, फोनपे जस्ता एपहरूमा खाता बनाउनुभयो भने, यहाँ पनि तपाईंको मोबाइलमा ओटीपी आउनेछ र तपाईंले त्यहाँ इन्टर नगरुन्जेल तपाईंको अकाउन्ट सुचारु हुनेछैन् । 

तसर्थ, हामी भन्न सक्छौं कि आजको अनलाइन संसारमा ओटीपीको धेरै महत्त्व छ, यसको माध्यमबाट तपाईले जुनसुकै ठाउँमा कुनै पनि व्यक्तिलाई पैसा पठाउन सक्नुहुन्छ र यदि तपाई अनलाइन किनमेल गर्नुहुन्छ भने, तपाईले घरमै बसेर भुक्तानी गर्न सक्नुहुन्छ । त्यसका लागि कतै जानु पर्दैन ।

ओटीपी कसरी जेनेरेट गर्ने?

ओटीपी उत्पन्न गर्न एल्गोरिदमहरू प्रयोग गरिन्छ । यसमा दुई प्रकारका इनपुटहरू प्रयोग गरिन्छ, पहिलो सिड र दोस्रो स्टाटिक भ्याल्यू हो जुन कहिल्यै परिवर्तन हुँदैन् । तपाईंले कतै नयाँ अकाउन्ट सिर्जना गर्दा यो उत्पन्न हुन्छ ।

यस बाहेक, तपाईले देख्नु भएको होला, धेरै पटक यस्तो हुन्छ कि तपाईको मोबाइलमा ओटीपी आएको छ तर तपाईले यसलाई प्रमाणित गर्न ढिलाइ गर्दै हुनुहुन्छ । यस्तो अवस्थामा ओटीपी मान्य रहँदैन् र फेरि नयाँ ओटीपी आउनेछ । अब तपाईको दिमागमा यो कसरी हुन्छ भन्ने प्रश्न आउन सक्छ, यसमा मूभिङ फ्याक्टर प्रोसेसको प्रयोग गरेकाले ओटीपी समयमै प्रयोग नगर्दा मान्य हुँदैन् ।

सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि कुनै पनि ओटीपी ३० मिनेटको लागि मान्य हुन्छ, त्यसपछि यसको वैधता समाप्त हुन्छ ।

ओटीपी किन प्रयोग गरिन्छ ?

ओटीपी पासवर्ड अन्य पासवर्डको तुलनामा धेरै सुरक्षित र बलियो छ र कुनै पनि ह्याकरलाई ओटीपी क्र्याक गर्न धेरै गाह्रो हुन्छ ।

तपाईलाई तपाईको मोबाइल वा इमेलमा ओटीपी पठाइन्छ, त्यसैले ओटीपी नम्बर के हो? यसको बारेमा तपाईले मात्र थाहा पाउन सक्नुहुन्छ, अरु कसैलाई पनि थाहा हुँदैन् । यस कारणले प्रयोगकर्ताको खाता पूर्ण रूपमा सुरक्षित रहन्छ।

ओटीपी कसैसँग सेयर नगर्नुहोस्

तपाईलाई प्रायः “ डोन्ट सेयर योर ओटीपी“ भन्ने सन्देश प्राप्त गर्नुभएको छ होला । यसको मतलब यो हो कि यदि तपाईंको मोबाइलमा ओटीपी आएको छ भने तपाईंले यसलाई कुनै पनि अपरिचित व्यक्तिसँग सेयर गर्नु हुँदैन् । यदि बैंकले तपाईलाई यसको बारेमा सोध्यो भने पनि तपाईले बताउनु पर्दैन् किनभने बैंकले मानिसहरूलाई आफ्नो ओटीपी की कसैसँग साझा गर्नु हुँदैन भनेर सचेत गराउँदछ ।

धेरै पटक यस्तो पनि हुन्छ सक्छ जब तपाईको मोबाइलमा यस्तो कल वा म्यासेज आउँछ जहाँ तपाईले यति धेरै रुपैयाँ पुरस्कार जित्नुभयो भनेर लेखिएको हुन्छ र तपाईले त्यो लिङ्कमा क्लिक गर्ने बित्तिकै तपाईको मोबाइलमा ओटीपी आउँछ । यसपश्चात तपाईलाई ओटीपी के आएको छ भनेर सोधिनेछ । यदि तपाईले आफ्नो ओटीपी सेयर गर्ने गल्ती गर्नुभयो भने तपाईको बैंक अकाउन्टबाट पैसा चोरी हुन सक्छ, त्यसैले तपाई सधैं यस्ता चीजहरूबाट टाढा रहनु पर्छ ।

ओटीपीको फाइदाहरू केके हुन् ?

सुरक्षा बढाउँछ
यो एक सेक्युरिटी शिल्ड हो, यसको प्रयोग गर्नुको मुख्य कारण यो हो कि मानौं तपाईको पासवर्ड चोरी भएको छ वा कसैले यसको बारेमा जानकारी लिएको छ भने पनि उसले तपाईको अकाउन्टमा पहुँच गर्न सक्नेछैन् किनभने अकाउन्टमा पहुँच गर्नका निम्ति पहिले ओटीपी प्रविष्ट गर्नुपर्नेछ र ओटीपी सधैं दर्ता गरिएको मोबाइल नम्बरमा आउँछ, यस्तो अवस्थामा त्यो व्यक्तिले तपाईंको खाताबाट पैसा निकाल्न सक्नेछैन् ।

प्रयोगकर्ता प्रमाणीकरण प्राप्त गर्न
ओटीपीको मद्दतले वास्तविक प्रयोगकर्ताको प्रमाणीकरण गरिन्छ । किनभने ओटीपी प्रयोगकर्ताको दर्ता गरिएको मोबाइल नम्बरमा मात्र जान्छ । यदि सही प्रयोगकर्ताले आफ्नो अकाउन्ट मार्फत कुनै पनि गतिविधि गरिरहेको छ जस्तै पासवर्ड परिवर्तन गर्ने, मोबाइल नम्बर अपडेट गर्ने जस्ता काम गरिरहेको छ भने उसको मोबाइलमा ओटीपी आउनेछ र यसबाट मात्रै उसले सबै काम पूरा गर्न सक्नेछ ।

फ्रडबाट जोगाउन सकिनेछ
हामीले कुनै पनि प्रकारको अनलाइन कारोबार गर्दा, बैंकको कुनै पनि वित्तीय संस्थाले तपाईंको दर्ता गरिएको मोबाइलमा ओटीपी पठाउनेछ । जस पछि तपाईले यसलाई प्रमाणित गर्नुपर्ने हुन्छ । त्यस पछि मात्र तपाईंको कारोबार पूरा हुनेछ । तसर्थ कुनै पनि प्रकारको वित्तीय कारोबारमा ओटीपीले अनलाइन फ्रडबाट बच्न दिन्छ ।  

डबल सेक्युरिटी सक्षम गर्न सक्नुहुन्छ

हाम्रो बैंक खाता बाहेक, हामी ओटीपी मार्फत आफ्नो सामाजिक सञ्जाल अकाउन्ट जस्तै गुगल, फेसबुक, इन्स्टाग्राम, ट्विटर आदिमा डबल सुरक्षा सक्षम गर्न सक्छौं । ताकि तपाईंको खाता अझ सुरक्षित बन्न सकोस् र अरू कसैले तपाईंको खाता पहुँच गर्न नपाओस् ।

तपाईं यसलाई निः शुल्क प्रयोग गर्न सक्नुहुन्छ
तपाईंले ओटीपीका लागि कुनै पैसा तिर्नु पर्दैन, तपाईं यसलाई सित्तैमा प्रयोग गर्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार