सामसङले आफ्नो अहिलेसम्मको सबैभन्दा पातलो स्मार्टफोन ग्यालेक्सी एस२५ एज सार्वजनिक गरेको छ । कम्पनीको दावी अनुसार यो फोन अत्यन्तै स्लिम , स्टाइलिस् र विशेषताले भरिएको छ । एस २५ एज मात्र ५.८ मिमीको मोटाइ र १६३ ग्राम वजनका साथ आएको छ ।
यो सामसङको ग्यालेक्सी एस सिरिजको अहिलेसम्मकै सबैभन्दा पातलो स्मार्टफोन हो, तर यसको विशेषता केवल यसको पातलोपनमा सीमित छैन् । कम्पनीले यसलाई “एक स्लिम फोन भन्दा धेरै” भनेर वर्णन गरेको छ । सामसङले यस स्मार्टफोनलाई भारतसहित विश्वव्यापी बजारमा लन्च गरेको हो । अब यसका केही अचम्म लाग्दा फिचर्स बारे जानौँ ।
सामसङ ग्यालेक्सी एस२५ एजमा ६.९ इन्चको क्यु–एच–डी प्लस डिस्प्ले दिइएको छ । यो डिस्प्लेले १२० हर्ज रिफ्रेस रेट, एचडीआर १० प्लस सपोर्ट, र २६०० निट्स पिक ब्राइटनेस सपोर्ट गर्छ । केवल १६३ ग्राम तौल भएको यस फोनमा क्वालकॉम स्न्यापड्रैगन ८ एलाइट चिपसेट प्रयोग गरिएको छ, जसले यसलाई स्लिम मात्र होइन, अत्यन्त शक्तिशाली परफर्मेन्स दिने बनाउँछ ।
यस स्मार्टफोनमा डुअल रियर क्यामेरा सेटअप दिइएको छ । यसको प्राइमरी क्यामेरा २०० एमपीको छ, जुन एस२५ अल्ट्रामा पनि प्रयोग गरिएको थियो । कम्पनीको दावी अनुसार, यसबाट अत्यन्त उत्कृष्ट फोटोहरू खिच्न सकिन्छ ।
यसमा नाइट फोटोग्राफी र सामसङ लोग भिडियो जस्ता फिचर्स पनि उपलब्ध छन् । दोस्रो क्यामेरा १२ एमपीको अल्ट्रा वाइड लेन्स हो । सेल्फी र भिडियो कलिंगको लागि यसमा १२ एमपीको फ्रन्ट क्यामेरा दिइएको छ ।
सामसङको यो फोन टाइटेनियम सिल्भर, टाइटेनियम जेट ब्ल्याक, र टाइटेनियम आइसि ब्लु रंगहरूमा लन्च गरिएको छ । तर, यो फोन कहिलेदेखि उपलब्ध हुनेछ र यसको मूल्य कति हुनेछ भन्नेबारे अझै स्पष्ट जानकारी दिइएको छैन् ।