कीवर्डहरू -

ह्वाट्सएप अकाउन्ट डिलिट र डिएक्टिभेटमा के फरक छ र कुन अवस्थामा के गर्नुपर्छ?

ह्वाट्सएप अकाउन्ट डिलिट र डिएक्टिभेटमा के फरक छ र कुन अवस्थामा के गर्नुपर्छ?

 ह्वाट्सएप अकाउन्ट डिलिट र डिएक्टिभेट हुनु दुई फरक कुरा हुन् ।

जब ह्वाट्सएप अकाउन्ट डिएक्टिभेट गरिन्छ, यसको मतलब अकाउन्ट अस्थायी रूपमा केही समयका लागि बन्द हुन्छ । यसले गर्दा ह्वाट्सएप प्रयोगकर्ताको अकाउन्ट डिलिट हुँदैन् । तर, डिएक्टिभेट गरिएको अकाउन्ट ठीक ३० दिनपछि डिलिट गरिन्छ । डिएक्टिभेट गरिएको अकाउन्टलाई पुनः दर्ता गरेर सक्रिय गर्न सकिन्छ ।

ह्वाट्सएप भन्छ कि जब कुनै प्रयोगकर्ताको फोन हराउँछ वा चोरी हुन्छ भने ह्वाट्सएप अकाउन्ट डिएक्टिभेट गर्नुपर्छ । यसै अकाउन्टलाई नयाँ फोन र सिम कार्डको साथ पुनः दर्ता गर्न सकिन्छ ।

ह्वाट्सएप अकाउन्ट डिएक्टिभेट हुँदा के हुन्छ ?

यदि तपाईंको ह्वाट्सएप अकाउन्ट डिएक्टिभेट हुन्छ भने पनि तपाईंका सम्पर्कहरूले तपाईंको प्रोफाइल देख्न सक्छन् ।

डिएक्टिभेट गरिएको ह्वाट्सएप अकाउन्टमा सन्देश पनि पठाउन सकिन्छ, यद्यपि ३० दिनसम्म यी सन्देशहरू पेंडिंग स्टेटसमा रहन्छन् ।

यदि ३० दिनसम्म डिएक्टिभेट गरिएको अकाउन्ट सक्रिय गरिएन भने अकाउन्ट डिलिट गरिन्छ । ह्वाट्सएप अकाउन्ट डिलिट हुनुको सीधा मतलब हो कि अकाउन्ट पूर्ण रूपमा हटाइन्छ । कम्पनी भन्छ कि यदि कुनै ह्वाट्सएप प्रयोगकर्ताले गल्तीले पनि खाता डिलिट गर्यो भने यसलाई पुनः प्राप्त गर्न सकिदैन् । ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो अकाउन्टको पहुँच फेरि पाउन सक्दैन् ।

ह्वाट्सएप अकाउन्ट डिलिट हुँदा के हुन्छ ?

– ह्वाट्सएप खाता सबै डिभाइसबाट डिलिट हुन्छ ।
– ह्वाट्सएप सन्देशहरूको पुरानो च्याट इतिहास मेटिन्छ ।
– ह्वाट्सएपमा भएका सबै समूहहरू सधैंका लागि डिलिट हुन्छन् । 
– गूगल अकाउन्ट ब्याकअपसँग सम्बन्धित सबै डेटा समाप्त हुन्छ ।
– ह्वाट्सएप प्रयोगकर्ता च्यानल एडमिन र फलोअरबाट हटाइन्छ ।
– प्रयोगकर्ताको ह्वाट्सएप च्यानल पनि सधैंका लागि डिलिट हुन्छ ।