कीवर्डहरू -

मेटाले हाल फेसबुक र इन्स्टाग्राममा 'मेड विथ एआई' लेखेको लेबल के हो?

मेटाले हाल फेसबुक र इन्स्टाग्राममा 'मेड विथ एआई' लेखेको लेबल के हो?

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा विगत केही महिनादेखि विश्वभर चर्चा भइरहेको छ । यो नयाँ प्रविधि विश्वभर प्रयोग भइरहेको छ । बिस्तारै सबै कम्पनीहरूले आफ्ना सेवाहरूमा एआई सुविधा प्रयोग गर्न थालेका छन् ।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मूल कम्पनी मेटा पनि यस मामिलामा अगाडि बढेको छ । मेटाले लामो समयदेखि आफ्ना सेवाहरूको लागि एआई प्रविधिमा काम गरिरहेको छ ।

अब मेटाले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा तस्बिरहरू सिर्जना गर्ने फिचरमा ल्याएकोे छ । एआई ईमेज उत्पादन टूलहरूको बढ्दो लोकप्रियताको कारण, मेटाले आफ्नो प्लेटफर्ममा यो सुविधा समावेश गर्ने निर्णय गरेको छ ।

आजकल, एआई इमेज र मानवहरूको वास्तविक इमेज बीच कुन इमेज वास्तविक हो भनेर भन्न धेरै गाह्रो भएको छ जसले गर्दा एआई ईमेजको दुरुपयोग पनि बढ्दै गएको छ ।

मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले यस फिचरको उद्देश्य बताउँदै भने, “मानव र सिंथेटिक सामग्री बीचको रेखा धमिलो हुँदै जाँदा मानिसहरू कुन् वास्तविक र कुन् एआई जेनेरेड जान्न चाहन्छन् ।''

उनले भने, “वर्तमानमा, मेटाले आफ्नै जेनेरेट गरिएको एआई ईमेज लेबल गर्दछ, ताकि प्रयोगकर्ताहरूले थाहा पाउन सकून् कि ईमेज एआईद्वारा उत्पन्न गरिएको हो ।''

अब कम्पनीले गुगल, माइक्रोसफ्ट, एडोब र अन्य एआई ईमेज उत्पादन गर्ने प्लेटफर्महरूसँग लेबल गरिएको एआई ईमेज उत्पन्न गर्ने सुविधा पनि योजना गरिरहेको छ । “यी संकेतहरू पत्ता लगाउन सक्षम हुनाले प्रयोगकर्ताहरूले फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा पोस्ट गर्ने एआई–जेनेरेटेड ईमेजलाई लेबल गर्न सम्भव बनाउनेछ,“ ब्लग पोस्टले भन्यो । यसबाट फेसबुक, इन्स्टाग्राम र थ्रेडका प्रयोगकर्ताहरूले कुन ईमेज एआईले बनाएका छन् र कुन ईमेज छैन् भनेर थाहा हुन्छ ।